यातायात व्यवस्था कार्यालय सप्तरीले झण्डै नौ करोड भन्दा बढी राजस्व सङ्कलन
मिति: २०२४-०५-२० , समय : १७:५३:५८ , गामघर डेस्क
मिति: २०२४-०५-२० , समय : १७:५३:५८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्मा यातायात व्यवस्था कार्यालय राजविराज सप्तरीले झन्डै नौ करोड ६९ लाख ७२ हजार १४७ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
यातायात कार्यालयको तथ्याङ्क अनुसार सवारी साधनको करबाट सात करोड ४७ लाख ६६ हजार ३३० रुपियाँ, चालक अनुमति पत्र(लाइसेन्स), सवारी दर्तासम्बन्धी दस्तुरबाट दुई करोड १८ लाख पाँच हजार ४०२ रूपियाँ सङ्कलन भएको छ ।
त्यस्तै, प्रशासनिक दण्ड जरिवानाबाट दुई लाख एक हजार पाँच सय रुपियाँ, यातायात क्षेत्रको आम्दानीबाट एक लाख ८९ हजार, ४१५ र अन्य प्रशासनिक सेवा शुल्कबाट पाँच सय रूपियाँ राजश्व प्राप्त भएको कार्यालयका प्रमुख शशि यादवले जानकारी दिनुभयो ।
कार्यलयका प्रमुख यादवका अनुसार आर्थिक वर्ष ०८०/८१ मा करिब १२/१३ करोड सङ्कलन गर्ने लक्ष्य थियो ।
गत २०७९ साल चैत २६ गतेदेखि २०८० चैत २७ गतेसम्मा कार्यालयले मोटरसाइकल, हलुका सवारी, भारी सवारीलगायत सबै सवारी गरेर कुल तीन हजार चार सय ४० लाइसेन्स जारी गरेको जनाएको छ ।
प्रकाशित मिति: २०२४-०५-२० , समय : १७:५३:५८ , 11 months अगाडि