मुग्लिन नजिकै चारवटा गाडी ठोक्किंदा एक जनाको मृत्युु , २२ जना घाइते

मिति: २०२४-०५-२७ , समय : ०६:५४:२८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डौ । मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलोमा गएराति चारवटा गाडीकाे ठक्कर खाँदा एक जनाको ज्यान गएको छ । २२ जना घाइते भएका छन् । गएराति साढे १२ बजेतिर भएको दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भएकोमा अहिले दुईतर्फी नै खुलिसकेको मुग्लिन प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार काठमाण्डौबाट प्युठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको बस, ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासको लागि छुटेको ना ७ ख ३२४८ नम्बरको बस र बीरगञ्जबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।

यता दुर्घटनामा घाइते भएकाहरुको नयाँ मेडिकल कलेज भरतपुर र इच्छाकामना आधारभुत अस्पताल कुरिनटारमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २०२४-०५-२७ , समय : ०६:५४:२८ , 11 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित