मधेश प्रदेशको नीति कार्यक्रम : हरेक ४ बिघामा एउटा बोरिङ, मधेश आईटी पार्क

जसपा नेपालले बहिष्कार गर्‍यो मधेस सरकारको नीति तथा कार्यक्रम

मिति: २०२४-०६-१२ , समय : ०९:०३:५२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम। मधेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, सडक, खेलकुद, पर्यटन आदि क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

कृषि क्षेत्रको प्रवर्द्धनका लागि एक पालिका एक कृषि उत्कृष्टता केन्द्र निर्माण गर्नेदेखि मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवासम्मका कार्यक्रम सरकारले ल्याएको छ ।

मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम, घुमौ मधेश बुझौ मधेश भन्ने मूल नाराका साथ पर्यटन वर्ष, अटोमेटिक ट्रायल सेन्टर स्थापना, एक क्षेत्र एक पक्की पूलको नयाँ कार्यक्रम पनि घोषणा गरिएको छ ।

यस्तै बरोजगारी समस्या न्यूनिकरणका लागि निर्वाचन क्षेत्र एक रोजगार प्रवर्द्धन केन्द्र, ‘हरेक पालिकामा कृषि विद्युतीकरण, ‘पूर्ण साक्षर मधेश प्रदेश-साक्षरता अभियान, ‘हरेक जिल्लामा पूर्ण सुसज्जित मेडिकल उपकरणसहितको मोबाइल एम्बुलेन्स, ‘हरेक पालिकाको सांस्कृतिक झल्को देखिने माटो पार्क निर्माण गर्ने सरकारको नीति रहेको छ ।

⁠हरेक पालिका एक एग्रोभेट, करोड़ वृक्षारोपण अभियान, ⁠मधेश स्वयंसेवक कोर, ⁠चुरे संरक्षण तथा पानी रिचार्ज, ⁠मधेश प्रिमियर लिग,  मधेश इतिहास पार्क, ⁠मधेश लगानी सम्मेलन, ⁠मधेश वैदेशिक रोजगार प्रशिक्षण कार्यक्रम, ⁠मधेश वैदेशिक रोजगार उद्धार केन्द्र, ⁠स्किल टेस्ट सेण्टर,  ⁠प्रादेशिक कृषि औजार केन्द्र,  ⁠मधेश स्टार्ट अप र इन्नोभेसन सेन्टर, टिच फर मधेश, ⁠हरेक ४ बिघामा १ बोरिङ कार्यक्रम, मधेश आईटी पार्क निर्माण गर्ने सरकारको नयाँ कार्यक्रम छ ।

यस्तै ⁠प्रशासनिक सुधार र सुशासन,  ⁠लागू पदार्थ विरुद्ध सचेतना कार्यक्रम,  मुख्यमन्त्री सुशासन अनुसन्धान फेलोसिप कार्यक्रम,  ⁠भिजिट मधेश पर्यटन कार्यक्रम, ⁠मुख्यमन्त्री प्राकृतिक विपद बीमा कार्यक्रम र ⁠एक पालिका एक कृषि लाइब्रेरी नीति तथा कार्यक्रम रहेको छ । यता जनता समाजवादी पार्टी (जसपा नेपाल)ले मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम बहिष्कार गरेको छ । मंगलबार मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा भण्डारीले  वाचन गरिरहेकी छिन् । 

जसपा नेपालले मधेस प्रदेश सभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठक बहिष्कार गरेको हो । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जसपा नेपालले आफ्नो पार्टीको महाधिवेशन चलिरहेकाले २ दिन पछाडि नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेको थियो । तर सरकारले जसपा नेपालको प्रस्ताव अस्वीकार गरेपछि नीति तथा कार्यक्रम बहिष्कार गर्नु परेको सो पार्टीका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले बताए । 

प्रकाशित मिति: २०२४-०६-१२ , समय : ०९:०३:५२ , 11 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित