सप्तरी लगायत मधेस प्रदेशका जिल्लामा चोरी डाँकाको त्रास, प्रहरी प्रशासन मुखदर्शक

मिति: २०२४-०६-१८ , समय : २०:५३:०२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
भारतको बिहार राज्यसँग जोडिएको सप्तरी लगायत तराई मधेसका जिल्लामा केही दिनयता श्रृङ्खलावद्ध रुपमा चोरी डाकाको त्रास फैलिएको छ ।
सप्तरी लगायत तराई मधेसको दक्षिण भेगमा भारतको सिमासंग जोडिएको जिल्लाहरु सुनसरी,सिराहा लगायतका जिल्लाहरुमा अहिले दिनानुदिन चोरी डाकाको घटनाको हल्ला वृद्धि हुँदै आएको हो ।सोही हल्लामा सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका, महादेवा गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका,डाकनेश्वरी नगरपालिका र राजगढ गाउँंपालिका लगायतका धेरै पालिकाहरुमा अहिले दिनानुदिन चोरी डाकाको घटनाको हल्ला वृद्धि हुँदै आएको छ ।
यसरी भइरहेको चोरी,डाका घटनाको हल्लाले स्थानीय त्रसित बनेका छन् । घटना सम्बन्धि भिडियोहरु समेत स्थानियहरुले समाजिक संजालमा भाइरल गरी रहेको छ ।
अग्निसाइर कृष्णसबरन गाउँपालिका – ४ टेँगरी टोलमा गत शनिबार राति १० बजे एउटा चोरलाई स्थानियहरुले समातेको समाजिक संजालमा समेत राखेका थिए ।
केही चोर महिलाको भेषभुषा सारी, चुडा र डाढी–जुङ्गा कटाएर महिला जस्तै शृंगारिएको सो भिडियोमा बताएको छ । उनीहरू समुहमै आउन गरेको बताइन्छ । चोरी डाकाको घाटनले गर्दा कतिपय गाउँका युवाहरु आफै एकत्रित भएर रातभरि घरेलु हतियार खुकुरी,लठ्ठी, बाँसको भाटा लगायत लिएर आफ्ना टोल गाउँमा गस्ती गरी रहेको स्थानिय बताउँछन ।
त्यस्तै, सिरहा,सुनसरीको विभिन्न स्थानिय निकायहरुमा प्रत्येक दिन चोरी र डाका घटनाको हल्ला समाजिक संजालमा आईरहेको छ ।
स्थानीय सरकारले यसको लागि प्रहरीसँग रात्री गस्तीको लागी आग्रह समेत गरिरहेको छ ।
यता सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिद्दि बज्राचार्यले त्यस्तो कुनै घटना नभएको दाबी गरेका छन् । उहाँले यो अपवाह मात्र रहेको बताउनु हुन्छ ।
उहाँले सिरहामा घटना भएको बुझिन आएको छ, सप्तरीमा त्यस्तो केही भएको छैन्, त्यही आधारमा अपवाह मात्र फैलाइएको सञ्चारकर्मीलाई बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०६-१८ , समय : २०:५३:०२ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित