सप्तरीको कोशी पश्चिमी नहरमा डुबेर एक युवक बेपत्ता

मिति: २०२४-०७-०५ , समय : १८:२१:२६ , अनिल यादव

फाइल फाेटाे

अनिल यादव

राजविराज । सप्तरीको कोशी पश्चिमी नहरमा डुबेर शुक्रबार दिउँसो एक युवक बेपत्ता भएका छन् । सप्तरीको महदेवा गाउँपालिका वडा न. ३ स्थित वथनाहाका २२ वर्षीय प्रदीप यादव बेपत्ता भएका हुन् ।

विद्युत्‌को पोल जडान गर्ने क्रममा साे युवक महदेवा नजिक कोशी पश्चिमी नहरमा डुबेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रबक्ता ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

यता नहरमा डुबेर बेपत्ता भएका युवकको सशस्त्र र नेपाल प्रहरीले खोजी गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०७-०५ , समय : १८:२१:२६ , 12 months अगाडि