पुल भत्किँदा सप्तरीको राजविराज-कञ्चनपुर सडकखण्ड अवरुद्ध हुदा आवागमन ठप्प

मिति: २०२४-०७-०९ , समय : १६:४३:२२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको तिरुहुत गाउँपालिका-२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा राजविराज-कञ्चनपुर सडक खण्डमा आवागमन ठप्प भएको छ । सप्तरीको तिरहुत गाउपालिका वडा न.२ का वडाध्यक्ष सञ्जीवकुमार यादवले राजविराज-कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको जानकारी दिनुभयो । उहाँले बाढीले कोसी पम्प चन्द्रनहर सिँचाइ योजनाको निर्माणाधीन विभिन्न संरचना तथा उपकरणमा क्षति पुर्‍याएको बताउनुभयो । 

यसैगरी मोहुली खोलामा आएको बाढीले कञ्चनपुर नगरपालिका वडा न.११ स्थित ठेलिया नजिक पूर्वतर्फ बाँध भत्काउँदा  खेतीबालीलाई क्षति पुर्‍याएको छ । तिरहुत-२ का बलराम साहका अनुसार मोहुलीको बाढीले तीन सय बिघा जमिन क्षति पुर्‍याएको जानकारी दिनुभयो । 

बाढीले जिल्लाको तिरहुत गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडा डुबानमा परेका छन् । खाँडो खोलामा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका लौनिया, तिलाठी, सकरपुरा, कोइलाडीलगायत गाउँ डुबानमा परेका छन् । रासस 

प्रकाशित मिति: २०२४-०७-०९ , समय : १६:४३:२२ , 12 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित