सप्तरीकाे महादेवापट्टीमा खाल्डोमा डुबेर एक बालकको मृत्यु

मिति: २०२४-०७-१५ , समय : २१:२७:५४ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
सप्तरीको कन्चनरुप नगरपालिका वडा न. २ स्थित महादेवापट्टीमा खाल्डोमा डुवेर एक बालकको सोमबार मृत्यु भएको छ । स्थानीय निजाम शेखका ६ बर्षिय छोरा कैला भनिने खुसिया शेखको खाल्डोमा जमेको पानीमा डुवेर मृत्यु भएको हो ।
सडक छेउको खाल्डोमा साथीसंग नुहाउन गएको बालकको अचानक डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ । घर नजिकैको खाल्डाेमा नुहाउन गएको शेख डुबेपछी ऊनीसित गएको अर्को बालकले खबर गरेपछि हेर्न जाँदा उनलाई मृत अवस्था भेटिएको स्थानीयहरुले बताएका छन ।
यता बालक डुवेर मृत्यु भएको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय कंचनपुरको टोली घटना स्थल पुगेका थिए ।
घटना स्थलमा प्रहरी टोली खटाई आबश्यक प्रक्रिया पूरा गरी बालकको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०७-१५ , समय : २१:२७:५४ , 11 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित