सप्तरीका प्रमुख जिल्ला अधिकारी पूर्वाधार विकासका लागि टोलीसहित सडकमा
मिति: २०२४-११-११ , समय : १८:५३:३६ , गामघर डेस्क
मिति: २०२४-११-११ , समय : १८:५३:३६ , गामघर डेस्क
तस्बिर : बिष्णु यादबकाे सहयोगमा
गामघर डेस्क
राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा आज अवरुद्ध सडकहरूको निरीक्षण गरिएको छ। साे टाेलिले सप्तरीको छिन्नमस्ता सडक, भारदह-राजबिराज तथा रुपनि-राजबिराज सडकका मर्मत र सम्भारलाई तत्कालै तदारुकताका साथ अघि बढाउने निर्देशन दिनुभएको हाे।
साे निरीक्षण कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, राष्ट्रिय अनुसन्धान प्रमुख सुरेन्द्र कोइराला, सडक डिभिजन लहानका ई. आशुतोष कर्ण, ई. जिवछ यादव, र ठेकेदार कम्पनीका प्रतिनिधि संजीव कुमार साहको समेत उपस्थिति रहेको थियोे । 
साथै साे टाेलिले तत्कालीन मर्मत कार्यलाई तीव्रता दिइएको यो निर्णयले जनतालाई सहज आवागमनमा सहयोग पुर्याउने अपेक्षा गरिएको स्थानीयहरु बताउँछन् ।
साथै सप्तरीका सिडियाे दाहालले जिल्लाकाे मालपोत कार्यालय र नापि कार्यलयको समेत अनुगमन तथा निरिक्षण गर्नुभएको छ । 
प्रकाशित मिति: २०२४-११-११ , समय : १८:५३:३६ , 1 year अगाडि