मुलुकको केही क्याम्पस बाहेक अन्यमा सहज तरिकाबाट स्ववियु चुनावकाे मतदान प्रक्रिया सकियाे

मिति: २०२३-०३-१९ , समय : १७:५७:२० , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत देशभरका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा मतदान प्रक्रिया सकिएको छ ।

मतदान सकिएका क्याम्पसहरूले आजै मतगणना प्रक्रिया सुरु गर्ने जनाएका छन् । निर्वाचन केन्द्रीय समितिले बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकेको थियो । समितिका सदस्य सचिव पशुपति अधिकारीले मतदान भएका क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको बताउनुभयो । शङ्करदेव क्याम्पसमा भने ३५ प्रतिशतमात्रै मत खसेको छ ।

काठमाण्डाै उपत्यकाका २२ मध्ये सात क्याम्पसमा आज मतदान भएन । पोखराका चार र चितवनका तीन क्याम्पसमा पनि मतदान भएन । त्रिविअन्तर्गतका एक सय छ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०३-१९ , समय : १७:५७:२० , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित