मधेस प्रदेशका मुख्यमन्त्री सहितका मन्त्रीहरुले योजना विक्री गरेर करोडौंको रकम असुली गरीरहेको खुलासा : सप्तरीको पकरीमा सडक ढलानमा व्यापक अनियमितता

मिति: २०२५-०४-०८ , समय : २२:०२:१४ , शुभ नारायण यादब

तस्बिर : देबराम / गामघर टिभि

शुभ नारायण यादब

राजविराज ।
सप्तरीको महादेवा गाउँपालिका वडा न.१ स्थित भरत ठाकुरको घरदेखि खाडोैं खोला बाँधसम्म आर.सी.सी ढलानको लागी अनियमितता भएको छ । मधेश प्रदेशको विनियोजित योजना अन्तर्गत उक्त सडक ढलान स्टीमेट अनुसार निर्माण कार्यमा माटोको ठाउँमा बालुवा हालेर अनियमितता गरेको स्थानिय बताउँछन । सो बाटोै निर्माण गर्नको लागी ४० लाखको लागी उपभोक्ता समितिको नामावली,सम्झोता गरेको मिति,सम्झोता अबधी, ,सम्झोता रकम लगायतको होर्डीङ्ग बोर्ड समेत नराखी गोप्य रुपमा निर्माण कार्य अगाडी बढाएको स्थानियको आरोप लगाएका छन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त (सिके) राउतले तामझाम सहित एक कार्यक्रमको वीच शिलान्यास गरेका छन् ।
डा. राउतले निर्वाचनको समयमा यस क्षेत्रका मतदाता समक्ष हजारौं युवालाई रोजगारी दिने झुटा आश्वाषण बाडेर विजय समेत भएका थिए ।
ज्नमत पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.राउत,‘मधेस प्रदेश सरकार जनमत पार्टीका मुख्यमन्त्रि सतिशकुमार सिहं,मन्त्रिहरु,सांसद महेशप्रसाद यादव लगायतले योजना विक्री गरेर करोडौंको रकम असुली गरीरहेको स्थानियहरुको आरोप छन ।
यसैगरी पकरी सोनरा ग्राम उधोैगको लागी मधेश प्रदेशले ५० लाख, राजविराज नगरपालिका वडा न.१० स्थित दिघवामा प्रादेशिक स्पेस एवम् कम्यूनिकेशन रिसर्च सेन्टर , कल सेन्टर र इन्नोभेशन सेन्टरको १ करोड ८० लाखको लागतमा निर्माणको जिम्मा डी,एस. इन्जिनियरिङ्ग कन्स्ट्रक्सन टोखा काठमाडौले पाएको छ । झण्डै १ करोड १७ लाख २६ हजार ३ सय १२ रुपैयामा निर्माण ठेक्का पाएका कन्स्ट्रक्सले २०८२ असार २० सम्म काम सम्पन्न गर्ने सम्झौता भएको छ । यस्तै महादेवा गाउपालिका वडा न. २ समन पोखरीदेखि धनराज इसरको धरसम्म नाला निर्माण उपभोक्ता समिति चोरी छिपी गठन गरेको छ । डा. राउतले सवै योजनाको एक कार्यक्रमको वीच शिलान्यास गरेका छन् ।

प्रकाशित मिति: २०२५-०४-०८ , समय : २२:०२:१४ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित