मधेस प्रदेश : छिमेकीको हत्या गरी साधुको भेषमा लुकिछिपी बसेका व्यक्ति १७ वर्षपछि पक्राउ

मिति: २०२५-०४-०९ , समय : २०:२३:०० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी साधुको भेषमा लुकिछिपी बसेका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका–२ का ६२ वर्षीय लोकनाथ साह तेली रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

लोकनाथले २०६४ साल वैशाख २५ गते छिमेकी ढोडा मुखिया विनलाई जग्गासम्बन्धी विवादको विषयमा छलफल गर्ने भनी बोलाएर गोली प्रहार गरी हत्या गरेका थिए । हत्यापछि फरार भएका उनी भारतको चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पूजारीका रूपमा १० वर्षदेखि साधुको भेषमा लुकिछिपी रहेका थिए ।

लोकनाथलाई सर्वाेच्च अदालतले ज्यानसम्बन्धी मुद्दामा २०६९ साल कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई सीआईबीको टोलीले पर्साको वीरगञ्जबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति: २०२५-०४-०९ , समय : २०:२३:०० , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित