दिल्लीमा चार तले भवन भत्किँदा चार जनाको मृत्यु

मिति: २०२५-०४-१९ , समय : १३:५१:५७ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

काठमाडौं । शनिबार बिहान भारतको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा पर्ने मुस्तफाबादमा एक भवन ढल्दा चार जनाको मृत्यु भएको छ भने अझै कैयौं मानिस भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।

उत्तरपूर्वी जिल्ला प्रहरीका अतिरिक्त डीसीपी सन्दीप लाम्बाले समाचार एजेन्सी एएनआईलाई जानकारी दिँदै आठदेखि दश जना अझै पनि मलबामुनि फसेको हुनसक्ने बताए ।

उद्धार प्रयासबारे जानकारी दिँदै डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ), दमकलकर्मी र प्रहरीको टोली संयुक्त रूपमा उद्दार कार्यमा खटिएको बताए।

मलबामुनि फसेकाहरूलाई सकुशल निकाल्न उद्धार टोली प्रयासरत रहेको छ भने घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। एजेन्सी

प्रकाशित मिति: २०२५-०४-१९ , समय : १३:५१:५७ , 6 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित