सप्तरीको सोनरामा पशु चौपायाको पानी पिउन बनाएको जलाशय
मिति: २०२५-०४-२१ , समय : १४:४४:१६ , गामघर डेस्क
मिति: २०२५-०४-२१ , समय : १४:४४:१६ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकाको वडा न. १ स्थित सोनरा गाउँमा जीता र घाेरदह नदीको सङ्गममा पशु चौपायालाई पानी खानको लागी पानीको ब्यवस्था गरिएको छ । सोनरा गाउँ स्थित जीता र धोरदह नदी लगायत जलाशयमा पानीको स्रोत सुकेपछि पशु चौपायालाई पानी खानको लागी पानीको ब्यवस्था गरिएको हो । महादेवा गाउँपालिकाको १ सोनरा गाउँका समाजसेवी तथा युवा सुरेन्द्रकुमार यादवले आफनो ब्यक्तिगत खर्चमा जीता र घाेरदह नदीको सङ्गममा झण्डै १५ हजारको लागतमा माटौ खनेर जलाशयबाट पानी निस्के पछि पशु चौपायालाई पानी खान सहयोग पुगेको स्थानिय निरज यादव बताउनुहुन्छ । उहाँका अनुसार नदी,जलाशयमा पानी स्रोत सुके पछि पशु चौपाया तिर्खा मेटन सहयोग पुगेको बताउनु भयो । सो ठाउँमा अहिले बनाएको जलाशयमा पानी खान महादेवा गाउँपालिकाको १,२ र ३ न.ं वडाका सयौ पशु चौपाया पानी पिउने गरेको स्थानिय श्यामसुन्दर यादवले सञ्चाकर्मीलाई जानकारी दिनु भयो ।
स्थानिय पशुपालकको आग्रहमा विगत लामो समयदेखि वर्षा नभए पछि तराई मधेसका जिल्लामा नदी,जलाशय सुके पछि पशु चौपाया तिर्खा लागे पछि पानी खान भोतारीदा कतिपय पशुपालकको पशु चौपाया हराउने गरेको धटना दर्जनौ रहेको स्थानिय पशुपालक महेन्द्र यादव बताउँछन । यसैविच स्थानिय पशुपालक अरबिन्द मण्डलका अनुसार पशु चौपायाको विमा नबनाएको कारण विरामी भएर पशु चोपायाहरुको अकालमै ज्यान जादाँ पशुपालकको जन धनको क्षेती वर्षेणी हुने गरेको छ । महादेवा गाउँपालिकाले पशु चोपायाहरुको अकालमै ज्यान जाने गरेकोले समय समयमा पशु चौपायाको स्वास्थ्यको परीक्षण गर्न पशुपालक मण्डलले आग्रह गर्नुहुर्दै जनतालाई अनुभुती हुने गरी सेवा प्रवाह स्थानिय सरकारसगं आग्रह समेत गर्नु भयो । यता पशुपालकहरुले पशु स्वास्थ्य क्षेत्रमा देखिएको बेतिथीलाई कम गर्दै पशुस्वास्थ्य क्षेत्रमा सेवाग्राहीबाट गुनासो नआउने गरी काम गर्न आग्रह गर्नु भयो ।
प्रकाशित मिति: २०२५-०४-२१ , समय : १४:४४:१६ , 5 days अगाडि