ट्याक्टर दुर्घटनामा सप्तरीकाे मल्हनियाका एक युवकको मृत्यु

मिति: २०२५-०४-२४ , समय : १५:४१:३४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका वार्ड नं १४ मल्हनिया टोलका २२ वर्षीय जितेन्द्र कुमार यादवको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ। चतुर्भुज यादवका नाति र देवराम यादवका छोरा जितेन्द्र, ट्याक्टर चलाउने क्रममा दुर्घटनामा परेका थिए।

यता घटनापछि उनलाई तत्काल उपचारका लागि राजविराज स्थित छिन्नमस्ता अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी चौकी रम्पुरा मल्हनियाका प्रमुख त्रिभुवन यादवले जानकारी दिनुभयो । यता घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०४-२४ , समय : १५:४१:३४ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित