सप्तरीको सखडामा संचालित निशुल्क आँखा शिविरमा १ सय ५२ जनाको आँखा जाँच : ३१ जना मोतियाबिंदुको विरामी फेला
मिति: २०२५-०४-२५ , समय : २०:५०:३४ , गामघर डेस्क
मिति: २०२५-०४-२५ , समय : २०:५०:३४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.३ स्थित सखडामा संचालित आँखा शिविरमा १ सय ५२ जना आँखाका रोगीहरुले जाँच गराएका छन् । धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा बिहिवार आयोजित निशुल्क शिविरमा उनीहरुले आँखा जाँच गराएका हुन् ।
सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा संचालित शिविरमा आँखा जाँच गराएका मध्ये ३१ जनामा मोतियाबिंदुको विरामी फेला परेको आयोजक समितिका अध्यक्ष एवम् समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले जानकारी दिनुभयो । विरामीहरुलाई सगरमाथा चौधरी आँखा अस्पतालको गाड़ी चढाएर लहान लगेर निशुल्क अप्रेशन गरिएको अध्यक्ष यादवले बताउनुभयो ।
उक्त शिविर उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राष्ट्रिय अनुसन्धान आयोग राजविराजका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइरालालगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो । उहाहरूलाई आयोजक समितिको तर्फबाट सम्मान पत्र, गम्छा, मालाले सम्मान गरिएको थियो ।
साे शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका चिकित्सक तथा प्राविधिक टोलीले आँखा जाँच गरेका थिए । यता क्लबले प्रत्येक बर्ष सखडामा निशुल्क आँखा शिविर संचालन गरेपछि स्थानीयबासी लाभान्वित हुने गरेकाे क्लवका अध्यक्ष एवम् समाजसेवी इन्जिनियर सुर्य नारायण यादवले जानकारी दिनुभयो । यस बाहेक समाजसेवी इन्जिनियर यादवले गरिब , निमुखा तथा चिसाे पिडित , अग्नि पिडित समेतलाई निशुल्क रुपमा विभिन्न सामग्रीहरु समेत वितरण गर्दै आउनु भएको छ ।
प्रकाशित मिति: २०२५-०४-२५ , समय : २०:५०:३४ , 2 months अगाडि