मधेस प्रदेश : घरायसी विवादमा महिलाको हत्या , जेठाजु पक्राउ

मिति: २०२५-०४-२७ , समय : १५:३०:१० , गामघर डेस्क

फायल फाेटाे

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको सर्लाहीमा एक जना महिलाको हत्या भएको छ । प्रहरीका अनुसार घरायसी विवादमा ३६ वर्षीया रेनु देवी पासवानमाथि उनकै जेठाजुले धारिलो हतियार प्रहार गरेका हुन् ।
बिष्णु गाउँपालिका– ३ मधुवन गोठका गजेन्द्र पासवानकी श्रीमती रेनु देवीमाथि आइतबार बिहान करिब १० बजेतिर ४० वर्षीय जेठाजु साहेब पासवानले धारिलो हतियार प्रहार गरेको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए । डीएसपी राईका अनुसार हात, मुख र घाँटीमा गम्भीर चोट लागेका कारण रनु देवीको घटनास्थलमै मृत्यु भएको हो । साहेब पासवानलाई हतियारसहित पक्राउ गरेर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति: २०२५-०४-२७ , समय : १५:३०:१० , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्