सप्तरी कारागारमा चोरी मुद्दामा थुनामा रहेका मण्डल फरार …

मिति: २०२५-०४-२८ , समय : १४:५६:२८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको सदरमुकाम राजविराज स्थित जिल्ला कारागार कार्यालयबाट चोरी मुद्दामा थुनामा रहेका एक जना थुनुवा फरार भएका छन्। चोरी मुद्दामा पुर्पक्षका लागी सप्तरी जिल्ला कारागारमा कारागार जीवन बिताइरहेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.११ का ३५ वर्षीय रमानन्द मण्डल भागेको कारागार प्रमुख मातृकाप्रसाद दहालले जानकारी दिए । उनी २०८१ साल पुस ६ गतेदेखि पुर्पक्षका लागी कारागारमा थिए ।
कारागार प्रशासनले बिहान ०६:३५ बजे जिल्ला प्रहरी कार्यालय सप्तरीलाई घटनाको जानकारी गराएको थियो। हाल प्रहरी र कारागार प्रशासनले घटनाको थप अनुसन्धान गरिरहेकाे कारागार स्रोतले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार थुनुवा कसरी भागे भन्ने विषयमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूसँग सोधपुछ भइरहेको छ।
यस घटनाले कारागार सुरक्षामा गम्भीर प्रश्न समेत स्थानीयले उठाएको छ।

प्रकाशित मिति: २०२५-०४-२८ , समय : १४:५६:२८ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित