मधेस प्रदेश : मेडिकलमा राखेर लागूऔषध बिक्री गर्ने एक जना पक्राउ
मिति: २०२५-०५-०५ , समय : १०:३२:४९ , गामघर डेस्क
मिति: २०२५-०५-०५ , समय : १०:३२:४९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको रौतहटको चन्द्रपुर नगरपालिका-१० चेतनगरबाट आइतबार प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । मौलापुर नगरपालिका घर भई हाल चेतनगर बजारस्थित मेडिकल पसल खोली बसेका २९ वर्षीय जितेन्द्र साहलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । साहले मेडिकलमा राखेर खुलेआम प्रतिबन्धित लागूऔषध बिक्री गर्दै आएका थिए । इलाका प्रहरी कार्याय चन्द्रनिगाहपुरले यसको जानकारी पाएपछि सुराकी गरेको थियो ।त्यसपछि सादा पोसाकका प्रहरीले दिउँसो साहको मेडिकल पसलबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल ४ हजार ५ सय पिस बरामद गरेको थियो । सामानसहित तत्कालै उनलाई पक्राउ गरेको इलाका प्रहरी चन्द्रनिगाहपुरले जानकारी दिएको छ । यता साहले बागमती, चन्द्रनिगाहपुरलगायतका बजारका युवालाई लागूऔषध बिक्री गर्दै आएको खुलेको छ ।
प्रकाशित मिति: २०२५-०५-०५ , समय : १०:३२:४९ , 1 day अगाडि