ऋणको बदलामा श्रीमती मागेपछि साहुकाे घाँटी थिचेर हत्या
मिति: २०२५-०५-०६ , समय : ०९:०२:१३ , गामघर डेस्क
मिति: २०२५-०५-०६ , समय : ०९:०२:१३ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । सुन्दा पत्याउन नसकिने जस्तो लाग्छ , तर कुरा वास्तविक हाे ,भारतको उत्तर प्रदेश प्रहरीले हत्यासम्बन्धी एउटा प्रकरण सुल्झाएको छ ।
ब्याज तिर्ने पैसा नभए श्रीमतीलाई एक महिनासम्म आफूकहाँ राख भनेपछि ऋणीले एक व्यक्तिको घाँटी थिचेर हत्या गरेको विषय प्रहरीले अनुसन्धान गरी टुंग्याएको हो । हत्यामा संलग्न दम्पतीलाई प्रहरीले पक्राउ गरी जेल पठाएको छ ।
गएको मे २ मा भारतको हसनपुरको मोहल्ला होलीवाला निवासी हनिफ उर्फ इलैचीको शव उनकै घरभित्र बन्द अवस्थामा फेला परेको थियो। हनिफ घरमा एक्लै बस्थे । दोस्रो विवाह गरेका उनले मानिसहरूलाई ब्याजमा पैसा दिइरहन्थे । तर एक्कासि उनको शव फेला पर्यो ।
आइतबार प्रहरी उपरीक्षक अमित कुमार आनन्द र हसनपुरका सीओ दीप कुमार पन्तले संयुक्त पत्रकार सम्मेलनमा घटनाबारे खुलासा गरेका हुन् ।
उपरीक्षक आनन्दले बताएअनुसार काशीराम कोलोनी निवासी शमशेरले चार महिनाअघि हनिफबाट ब्याजमा २० हजार रुपैयाँ ९भारु० लिएका थिए । रकम लिन उनले आफ्नो मोटरसाइकल धितो राखेका थिए । फेरि पछि शमशेले ब्याट्री धितो राखेर अर्को पाँच हजार रुपैयाँ पनि लिएका थिए ।
तर ब्याज तिर्न नसकेका शमशेर अप्रिल २९ मा आफ्नी श्रीमती शाज्मालाई लिएर हनिफकहाँ पुगे । ती उपरीक्षकका अनुसार दुवैले ब्याज तिर्न केही समय मागेका थिए । शाज्मा बरन्डामा बसिरहेकी थिइन् भने हनिफ र शमशेर कोठामा कुरा गरिरहेका थिए।
उक्त क्रममा हनिफले आफ्नी श्रीमतीलाई एक महिनाका लागि आफूसँगै छोड्न भनेका शमशेरले प्रहरीसँगको बयानमा भनेका छन् । एक महिनालाई श्रीमती दिए पैसा र ब्याज नलिने हनिफले भनेका शमशेरले पनि प्रहरीसँग बयान क्रममा भनेका प्रहरीले बताएको छ ।
यस्तो प्रस्ताव सुनेपछि शमशेरले हनिफको घाँटी तौलियाले थिचेर हत्या गरे । ती उपरीक्षकले भने, पछि दुवै जनाले शवलाई एउटा बक्समा बन्द गरेर मोटरसाइकल र ब्याट्री लिएर भागेका रहेछन् ।’
मृतकको घर नजिकै जडान गरिएको सीसीटीभी फुटेज र उनको मोबाइल फोनबाट यो घटनाबारे खुलासा भएको हो । सोधपुछका क्रममा दम्पतीले पनि घटना स्वीकार गरेका प्रहरीले जनाएको दैनिक जागरणले लेखेको छ । अभियुक्तहरूलाई जेल पठाइएको छ ।
यो मुद्दा सुल्झाएको खुसियालीमा उपरीक्षकले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई २५ हजार रुपैयाँ पुरस्कार पनि दिएका छन् । एजेन्सी
प्रकाशित मिति: २०२५-०५-०६ , समय : ०९:०२:१३ , 10 hours अगाडि