जेठ १५ गतेदेखि अनिश्चितकालीन ‘जनआन्दोलन’ गर्ने राजावादीकाे घाेषणा

मिति: २०२५-०५-०८ , समय : १७:२७:४९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ ले ‘जनआन्दोलन’ को घोषणा गरेको छ ।

काठमाण्डाैमा आज पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि जनआन्दोलन घोषणा गर्नुभएको हो । उहाँले आफ्नो नेतृत्वमा हुने अनिश्चितकालीन ‘जनआन्दोलन’ मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिव सेनालगायतको साथ रहेको बताउनुभयो ।

संयाेजक सुवेदीले राजसंस्था स्थापना नभएसम्म आफूहरूकाे आन्दोलन नराेकिने र आन्दोलन शान्तिपूर्ण हुने पनि बताउनुभयाे । उज्यालो

प्रकाशित मिति: २०२५-०५-०८ , समय : १७:२७:४९ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित