मधेस प्रदेश : स्थानीय प्रहरी प्रशासनकाे मिलाेमताेमा खुलेआम भैसी तस्करी
मिति: २०२५-०५-१० , समय : १९:४३:४२ , गामघर डेस्क
मिति: २०२५-०५-१० , समय : १९:४३:४२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको रौतहटका अधिकांश नाकाबाट स्थानीय प्रहरी प्रशासनकाे मिलाेमताेमा खुलेआम सभैसी तस्करी हुने गरेको छ । रौतहटको भारतसंग जोडिएका ३२ किलोमिटरमा नेपाल प्रहरीको चौकी र सशस्त्र प्रहरीको बिओपी रहेपनि दैनिक रुपमा भैसी तस्करी निर्वाध रुपमा नेपाल भित्रने गरेको छ । सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र तथा नेपाल प्रहरीका पोष्टका प्रमुखलाई प्रभावमा पारेर तस्करहरुले भारतीय नाकाबाट भैसीं, गाई, राँगा, पाडा पाडी तस्करी गरी नेपाल भित्र्याउने गरेका छन् । भारतसँग जोडिएका रामपुरखाप वरपरका र प्रहरी चाैकी जयनगरकाे लगायतका बाटो भएर व्यापारीले भैसी नेपाल भित्रयाएर राजपुर नगरपालिकाको कुडिया बजारमा ल्याउने गरेका छन् । कुडिया बजार नेपाल भारत सिमा क्षेत्र भन्दा करिव ५ किलोमिटर उत्तरमा रहेको बजार क्षेत्र हो जहाँ राँगा भैसीहरु भारतबाट तस्करीको माध्यमबाट ल्याएर काठमाण्डौ, पोखरा लगायत मुलुकको विभिन्न स्थानमा पठाउने गर्दछन् । राैतहटबाट भैसीकाे ठूलो काराेबार गर्नेमा कान्छा नामले चिनिने व्यक्तिले गर्दैछन् । नव जनप्रहारबाट
प्रकाशित मिति: २०२५-०५-१० , समय : १९:४३:४२ , 1 day अगाडि