संयुक्त राजनीतिक दलित संघर्ष समिति सप्तरीद्वारा खबरदारी सहित ज्ञापन पत्र
मिति: २०२५-०५-१३ , समय : १८:४९:३६ , गामघर डेस्क
मिति: २०२५-०५-१३ , समय : १८:४९:३६ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति सप्तरीले मगलवार जिल्ला प्रशासन कार्यालय राजबिराज सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालय सिंहदरबार काठमाण्डौं र मुख्यमन्त्री प्रदेश मन्त्रिपरिषदको कार्यालय, मधेश प्रदेश सरकार, जनकपुरलाई खबरदारी सहित ज्ञापन पत्र पेश गरेका छन । दलित समुदायमाथी पटक पटक आजित छुवाछुत, भेदभाव, कुटपिट, लुटपिट अन्तरजातिय विवाह गरेकै कारण र विभिन्न यज्ञ गर्ने बहानामा उठिवास, दमनशोषण, र झुठ्ठा मुद्दा लगाएर जेलमा कोचिने, बलात्कार, सामुहिक बलात्कार गरी हत्या, अपहरण, झुठ्ठा मुद्दामा फसाउने लगायतको दमन शोषण उत्पीडन जस्ता घटनाबाट दलित समुदाय अत्यन्त पिडित भईरहेको ज्ञापन पत्रमा उल्लेख गरेको छ । प्रहरी प्रशासन कार्यालयवाट उपेक्षित भईरहेकोले पुनः घटनाहरु दोहरिएकोले यसै ज्ञापन पत्रमार्फत खवरदारी गरी कानुनी रुपमा न्याय पाउनुका साथै शान्ति सुरक्षाको माँग गरेको छ ।
हाले २०८१ बैसाख १ गतेका दिन सप्तरीको सुरुङ्गानगरपालिका वडा नं.७ हरिपुर टोल स्थित १९ बर्षिय पुजाकुमारी रामको जर्बजस्ती करणी गरी हत्या प्रकरणको घटनाको दोषी हालसम्म पक्राउ नपर्नु र पिडित परिवारले कानुनी न्यायका लागि अवाज उठाउदा पनी हाल सम्म उचित सुनवाई नभएकोले उक्त घटनाको बास्तविक दोषी पत्ता लगाई हदै सम्मको कानुनीकार्वाही गर्न गराउनका लागि जोडदार माँग गरेको छ ।
त्यस्तै विगत दुई बर्षदेखि खडक नगरपालिका वडा नम्वर २, दुहवी टोलमा बसोवास गर्दै आईरहेका ५ घर परिवार मुसहर समुदायको रहेको फुसको घर जनता अवासको घर बनाईदिने नाममा घर पनी भत्काएर परिवार विचल्लीमा परेका छन ।
यस्तै बलान विहुल गाउँपालिका वडा न.४ स्थित रहेका राष्ट्रिय आधारभूत विद्यालयका कार्यालय सहयोगी राधेश्याम पासमानले सोही विद्यालयको प्रधानाध्यापकको घरमा र खेतमा काम नगरेपछी मानसीक रुपमा यातना दिनु, तलव सुविधा रोक्नु, काज सरुवा गर्न र विद्यालयमा पानी खुवाउन नमिल्ने गरी जातिय छुवाछुत गरेको घटना प्रकरणमा हाल सम्म कानुनी न्यायका लागि प्रहरी र प्रशासन कार्यालयवाट चासो नदेखिएकाले तत्तकाल उक्त घटनाको छानविन गरी पिडितलाई उचित न्याय र दोषीलाई हदै सम्मको कानुनी कार्वाहीका लागि माँग गरेको छ ।
इसै गरी राजगढ गाउपालिका वडा न.४ स्थित एलानी जग्गामा पुस्तौ देखि बसोवास गर्दै आईरहेको सुकुम्वासी दलित रन्जन कुमारी सदायको घर सोही पालिकाका वडाअध्यक्ष र केही स्थानीय कथीत उपल्ला वर्गले सामुदायिक भवन बनाउने नाममा घरवार विहिन बनाएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.५ स्थित दलित बस्तीमा २०८२ बैसाख ११ गते राति अन्दाजी ९ बजे समयमा टोलमा पसी कुटपिट गरी घाईते बनाएको छ । जिल्ला प्रशासन कार्यालय राजबिराज, सप्तरी मार्फत सम्पुर्ण निकायमा पेश गरेको ज्ञापन पत्रको हाल सम्म सुनवाई भएको छैन ।
उल्लेखित घटनाहरुका दोषिहरुलाई हालसम्म पक्राउ नगरेको साथै उचित कानुनी न्यायका लागि पहल नभएकाले पक्राउ गरी कानुनी कार्वाहीका लागि माँग गरी अवको १ महिनाभित्र कानूनी न्याय प्राप्त गर्न नसकेमा आन्दोलनमा उत्रिने यसै ज्ञापन पत्रमार्फत जानकारी गराएको छ । सोही ज्ञापन पत्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंह दरबार काठमाण्डौ, मुख्यमन्त्री तथा प्रदेश मन्त्री परिषदको कार्यालय, मधेश प्रदेश सरकार, जनकपुर, गृहमन्त्रि तथा गृह मन्त्रालय, सिंहदरबार, काठ्माण्डौ,माननीय गृहमन्त्रि तथा गृह मन्त्रालयमधेश प्रदेश सरकार, जनकपुर,राष्ट्रिय मानवअधिकार आयोग, काठ्माण्डौ,राष्ट्रिय दलित आयोग, काठमाण्डौ,जिल्ला प्रशासन कार्यालय सिरहा,जिल्ला प्रहरी कार्यालय सिरहा,जिल्ला प्रहरी कार्यालय राजबिराज सप्तरीलाई समेत बोधार्थ दिएको छ ।
प्रकाशित मिति: २०२५-०५-१३ , समय : १८:४९:३६ , 22 hours अगाडि