विवाह घरमा नाचगान गर्ने क्रममा करेन्ट लागेर दुई जना महिलाको मृत्यु

मिति: २०२५-०५-१४ , समय : ११:२२:३१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर । कोशी प्रदेशको मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । वैशाख ३० गते राति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो ।
प्रहरीका अनुसार स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला ३ जनालाई करेन्ट लागेको थियो जसमध्ये दुई जनाको मृत्यु भएको हो । स्थानीय ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् ।बिहे घरमा माइक राख्नका लागि हाइटेन्स लाइन नजिकै हरियो बाँस गाडिएको थियो । गएराति करिब ८ बजे आएको हावाहुरीले बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो । बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन जनालाई करेन्ट लागेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।करेन्ट लागेर गम्भीर घाइते दुई जनालाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । यता अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति: २०२५-०५-१४ , समय : ११:२२:३१ , 7 hours अगाडि