सप्तरीबाट पाँच जना फरार प्रतिवादी पक्राउ
मिति: २०२५-०५-१५ , समय : ०८:१५:०४ , गामघर डेस्क
मिति: २०२५-०५-१५ , समय : ०८:१५:०४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरी प्रहरीले विभिन्न मुद्दामा फरार प्रतिवादी पाच जनालाई पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले मंगलबार उहाँहरुलाई नियन्त्रणमा लिएको हो ।
यसरी पक्राउ पर्नेमा डाका मुद्दामा ४ महिना कैद र ३ हजार जरिवाना तोकिएकाे सप्तरीको महादेवा गाउँपालिका वडा न.६ का दिपक कुमार खंग, जालसाजी मुद्दामा जनही २ सय जरिवाना तोकिएका बोदेबर्साइन नगरपालिका २ का अजय कुमार यादव,अमेरिका देवी यादव,रामशुभक यादव, तेज नारायण यादव रहेका छन् ।
सप्तरी जिल्ला अदालतले दोषी ठहर गरि कैद तथा जरीवाना तोकेपछी उहाँहरु फरार रहेका थिए ।
खोज तलासको क्रममा गाउँघरमै लुकीछिपी बसेको अवस्थामा प्रतिवादीहरुलाई फेला पारी बुधबार सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२५-०५-१५ , समय : ०८:१५:०४ , 16 hours अगाडि