कारकाे ठक्करबाट ३ वर्षीय बालक शिवांश झाको मृत्युु

मिति: २०२५-०५-१६ , समय : १५:४५:२९ , गामघर डेस्क

फायल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । काठमाण्डौको बानेश्वरमा कारको ठक्करबाट बालकको ज्यान गएको छ । काठमाण्डौ महानगरपालिका–३१ बानेश्वर क्षेत्रको कात्यायनी चोकमा बा प्र ०१–०३१ च ९५६३ नम्बरको कारले ठक्कर ३ वर्षीय बालक शिवांश झाको ज्यान गएको प्रहरीले जनाएको छ ।

भारतको सीतामढी घर भएका मृतक बालक परिवारसँग काठमाण्डौमा बस्दै आएका थिए । कारले ठक्कर दिँदा गम्भीर घाइते भएका बाललको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी अपीलराज बोहराले जानकारी दिनुभयो ।

प्रहरीले कारका चालक रमेशकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति: २०२५-०५-१६ , समय : १५:४५:२९ , 1 month अगाडि