मधेस प्रदेशको राैतहटमा दिउँसै खुलेयाम काैडा : दैनिककाे हिसाबले प्रहरीलाई रकम बुझाउदै

मिति: २०२५-०५-२० , समय : ११:०६:०२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको राैतहट जिल्लाकाे कटहरिया नगरपालिका वडा नम्बर दुई जमुनिया टाेलमा राति हाेइन , दिउँसो नै खुलेयाम जूवा , काैडा खेल्ने खेलाउने काम हुदै आएको छ । जमुनिया टाेलकाे स्कुलकाे उत्तरपट्टी बांसघारीकाे छेउमा खुलेयाम काैडा खेलाउने काम हुदै आएको छ । उक्त जूवा खेलाउन , पक्राउ नगरी सहयोग गरेवापत जूवा संचालकले नेपाल प्रहरीकाे प्रहरी चाैकी जगलसैयालाई दैनिक दुई हजारको दरले र सशस्त्र प्रहरी बलकाे सुरक्षा बेश जगलसैयालाई एक हजारकाे दरले क्रमशः ६० हजार र ३० हजारकाे दरले रकम दिने गरेको जुवा खेल्नेहरूले नै सार्वजनिक गरेका छन् । जुवा खेलाउनेले मासिक हाेइन दैनिककाे दरले दुबै प्रहरीलाई रकम दिदै आएको खुलेको हो । उक्त ठाउँ स्थित प्रहरी चाैकी प्रमुखमा असई तवरज आलम र सशस्त्रको बेशमा सई भविन्द्र राज पाण्डे प्रमुखको रूपमा कार्यरत रहेका छन् ।

प्रकाशित मिति: २०२५-०५-२० , समय : ११:०६:०२ , 4 weeks अगाडि