सप्तरीमा माेटरसाईकल र ट्रयाक्टर एक आपसमा ठाेकिदा दुई जनाको घटनास्थलमै मृत्यु , एक जना गम्भीर घाइते
मिति: २०२५-०५-२४ , समय : १६:३६:२३ , गामघर डेस्क
मिति: २०२५-०५-२४ , समय : १६:३६:२३ , गामघर डेस्क
गामघर डेस्क
राजबिराज । सप्तरीकाे राजगढ गाउँपालिका वडा न. ५ मलेकपुर खुरहुरिया स्थित हुलाकी सडक खण्डमा माेटरसाईकलले ट्रयाक्टरलाई ठक्कर दिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भन्ने अर्का एक जना गम्भीर घाइते भएको छ । सप्तरीको पत्थरगाढाबाट राजबिराज तर्फ जाँदै गरेको इट्टा लोड भएको स.१ त ५४४२ नम्बरको ट्रयाक्टर र बिपरीत दिशाबाट आउँदै गरेको म.प्र.०२-०१९ प ९६२६ नम्बरकाे माेटरसाईकलले ट्रयाक्टरको पछाडीको भागमा ठोकिन गई दुर्घटना हुँदा माेटरसाईकिलमा सबार ३ जना मध्ये दुई जनाकाे घटनास्थलमै मृत्यु भएकाे सप्तरी प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो भएको दुर्घटनामा परि मृत्यु हुनेमा तत्काल नाम ठेगाना नखुलेको अन्दाजी वर्ष २७ को एक जना र वर्ष २३ काे अर्को एक जना गम्भीर घाइते भई अस्पताल लग्दै गरेको अवस्थामा बाटोमा नै मृत्यु भएको र अन्दाजी वर्ष २२ काे गम्भीर घाइते भएकाे तथा राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भईरहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । यता साे घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०५-२४ , समय : १६:३६:२३ , 4 weeks अगाडि