झन्डै २९ लाख नगद र सुन चाँदीसहित भारतीय युवक पक्राउ

मिति: २०२५-०५-२५ , समय : १०:४२:४७ , शुभ नारायण यादव

तस्बिर : सामाजिक सन्जालबाट

शुभ नारायण यादव

काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट प्रहरीले नगद र सुन चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुन गाल्ने कारखानामा छापा मारेर एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएका २७ वर्षीय योगेश श्रीमन्त मगर छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले कारखानाबाट स्रोत नखुलेको २८ लाख ९३ हजार नगद बरामद गरेको छ । यस्तै ९ केजी ५ सय ग्राम चाँदी र अवैध तरिकाले संकलन गरिएको ७ सय ३४ ग्राम सुन पनि प्रहरीले बरामद गरेको छ । यता पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०५-२५ , समय : १०:४२:४७ , 4 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्