सप्तरीको महादेवा गाउँपालिकाकाे सोनरामा स्थानीयद्वारा सार्वजनिक बाटो अबरुद्ध

मिति: २०२५-०५-२५ , समय : १५:३९:१२ , गामघर डेस्क

तस्बिर : देबराम यादब/ गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ सोनरामा विगत एक वर्षदेखि सार्वजनिक बाटो बन्द गरेर स्थानीय बासीलाई सास्ती पुर्याएका छन । गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्षले केहि चासो न देखाएको भन्दै त्यहाँका बासिन्दाले आक्रोशीत भएको हो ।
सार्वजनिक बाटो बन्द गर्दा पनि गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्षले स्थानियको सास्ती खेप्न बाध्य छन। गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल,उपाध्यक्ष अर्चनाकुमारी यादव,वडाध्यक्ष जयश्वर किशोर दासंले सार्वजनिक बाटो बन्द खोलायन पहलकदमी नलिएको स्थानिय दिपक यादवको आरोप छ ।
सो सार्वजनिक बाटो बन्द खोलाउन गाउँपालिकाका अध्यक्ष मण्डल,उपाध्यक्ष यादव,वडाध्यक्ष दासंलाई विगत एक वर्षदेखि बाटो खोलाउन चाँसो नलिएको स्थानिय किसुन यादवको आरोप छ । यो सडक भएर दिनहँ सयौ साइकल,मोटर साइकल,सिटी,टेम्पु लगायतका सवारी साधन आवत जावत हुने गरेको स्थानिय जगदीश साह बताउनुहुन्छ ।
यसरी सर्वसाधारणले प्रयोग गर्ने बाटो बन्द गर्ने अधिकार कसैलाई नहुदा हुदै पनि जिम्मेवार पक्ष बेखबर झै मौन छन । यसमाथि गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्षले केही प्रतिक्रिया न देखाउँदा त्यहाँका आम जनता सास्ती खेप्न बाध्य छन । सप्तरीमा बाटो मिच्ने गरिएका घटना यस अघि पनि पटक–पटक भईसकेका छन् । कथित उपल्लो जातिकाले दलित बस्तीमा बाटो बन्द गरेका समाचार पनि पटक पटक आएकै हुन् । यस्ता कुरालाई सम्बेदनशील रुपमा लिन नसकेर हो वा बुझेर पनि बुझ पचाउने गरेका कारणले हो, सार्वजनिक बाटो बन्द गर्ने घटना हुन छाडेका छैनन् । विगतमा सानातिना विवाद हुँदा वा चित्त नबुझदा पनि सडक अबरुद्ध हुने गरेका थिए ।
सर्वसाधारणले निर्बाध आवागमन गर्न पाउने अधिकारमाथि कुठाराघात गर्दै बाटो रोक्ने गरिएको छ । गाउँघरमा यस प्रकारका घटना अहिले पनि भई नै रहेका कारण यस्तो सम्बेदनशील विषयमा सरोकारवालाहरुले बन्दकर्तालाई सम्झाउने तथा सार्वजनिक स्थलको महत्वका बारेमा जानकारी दिएर भविष्यमा यस्तो काम हुन नपाओस् भन्ने तर्फ चासो लिन जरुरी छ ।

प्रकाशित मिति: २०२५-०५-२५ , समय : १५:३९:१२ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित