कोशी प्रदेश : झण्डै ३०० किलो गाँजा बरामद, कारोबारी भागे

मिति: २०२५-०५-२८ , समय : ११:४८:५७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर । बुधबार बिहान प्रहरीले कोशी प्रदेशको मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको ।बिहानको राति करिब ३ बजे सुनवर्षी नगरपालिका–७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको हो ।
गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी र बरडंगाबाट प्रहरी टोली पुगेको थियो । प्रहरीलाई देखेपछि कारोबारी भने भागेका थिए ।घटनास्थलबाट ७ बोरामा राखिएको ३०० किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए । भागेकाहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: २०२५-०५-२८ , समय : ११:४८:५७ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्