‘घरैभित्र ११ सय किलो गाँजा ! महिलामार्फत तस्करी… दुई जना महिला पक्राउ
मिति: २०२५-०५-३० , समय : १९:२८:१८ , गामघर डेस्क
मिति: २०२५-०५-३० , समय : १९:२८:१८ , गामघर डेस्क
गामघर डेस्क
उदयपुर । कोशी प्रदेशको उदयपुरको चौदण्डीगढी नगरपालिका वडा न.२ बाट प्रहरीले लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न २ जना महिलालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी –१ की रत्नमाया श्रेष्ठको घर कोठा खानतलासी गर्दा सोही स्थानकी ४२ वर्षीया कमला श्रेष्ठले ३५ वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको १ हजार १ सय ४३ किलो २७५ ग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भए सँगै संलग्न दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको छ । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका –१ स्थित सप्तकोसी नदीमा वेवारिसे अवस्थामा ट्युवमा बग्दै आइरहेको ८ वटा प्लास्टिकको बोरामा रहेको २ सय किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।
प्रकाशित मिति: २०२५-०५-३० , समय : १९:२८:१८ , 3 weeks अगाडि