मधेस प्रदेशको विभिन्न सिमावर्ति नाकाबाट प्रहरीकै मिलाेमताेमा खुलेआम तस्करी …
भारतीय व्यापारी अरबिन्दलाई मुख्य लाइन , गोरखकाली नाकाबाट समेत तस्करी
मिति: २०२५-०५-३१ , समय : १७:१८:४८ , गामघर डेस्क
bhawesh domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/gamgharcomsir/public_html/wp-includes/functions.php on line 6131
मिति: २०२५-०५-३१ , समय : १७:१८:४८ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
काठमाडौं । मधेस प्रदेशको बाराको पथलवाघाट नाकाबाट केही दिन यता व्यापक तस्करी चलिरहेको छ । केही दिन यता यो नाका तस्करहरूलाई खुला गरिएसंगै यहाँबाट ठूलो मात्रामा तस्करीको काम चलिरहेको छ । भारतको घोडासन , अगर्वाबाट तस्करहरूले पथलवाघाट , पिपरपाती , मौवाई हुदै तस्करी गरेको सामान सिम्रौनगढ।र कोल्वी सम्म पुर्याउने गरेका छन् ।
यो नाकाबाट सुखा , किराना सामान , कस्मेटिक सामान , कपडा , मल एवं मलको बोरामा चिनी भरेर व्यापक मात्रामा तस्करीको काम चलिरहेको छ। यो नाकाबाट तस्करीको लाइन पाउने प्रमुख कारोबारी भारतीय नागरिक अरबिन्द साह हुन् । देखावटी रूपमा उनको पसल नेपाल तर्फ सिम्रौनगढको नरवासमा रहेको छ । तस्करी गरेर ल्याएको कस्मेटिक सामान आफ्नो पसल र गोदाममा राख्ने गरेका छन् भने सुखा र कपडा कोल्वी , वरियारपुर र गंजभवानीपुर सम्म पुर्याएर पसल पसलमा बिक्री गर्ने गरेका छन् । अरबिन्दको यो तस्करी समूहमा भोला , राजु , सन्दिप , उपेन्द्र समेत छन् । यी कारोबारीहरू तस्करीको लाइन पाउने अरबिन्द साहका साझेदारहरू हुन् । यो समूहले एक दर्जन जति मोटरसाइकलको प्रयोग गरेर यी सामानहरूको तस्करी गराउंदै आएका छन् । दैनिक लाखौं रूपैयाँ राजश्व छलि गरेर यो नाकाबाट व्यापक तस्करी भैरहेको छ । 
अझै अचम्मको कुरा त के छ भने यो समूह र अन्यले ले चिनीको पनि ठूलो तस्करी धन्दा गरेका छन् । सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन नसकेपछि भारतबाट साइकलमा एक , दुई बोरा ल्याउन सहज गरिदिएको छ । यही सहज गरिदिएको कारण देखाउंदै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संरक्षणमा यहाँबाट मलको पनि ठूलो तस्करी चलिरहेको छ । तस्करहरूले मलको बोरा भन्दै स्थानीय दुबै प्रहरीलाई मिलाएर चिनीको ठूलो तस्करी गरिरहेका छन् । यसरी तस्करी गरेर भित्रिएको चिनी नेपाल ल्याई घरमा जम्मा गरेर पछि पिकअप गाडीमा पसल पसलमा दिने काम हुदै आएको छ । चिनीको तस्करीबाट पनि दैनिक लाखौं राजश्व सरकारले गुमाई रहेको छ । अरबिन्दका अलावा सिम्रौनगढका कारोबारी भोला साहले पनि तस्करीको लाइन पाएका छन् । केही दिन अघिसम्म भारतमा लुक्दै आएका भोला साह अहिले नेपाल फर्केर कपडाको तस्करी गरिरहेका छन् । उनलाई अझै पनि जिल्ला प्रहरी कार्यालय बाराले खोजिरहेको बताइन्छ । 
तस्करीको यो नाका र रूटमा नेपाल प्रहरीको पथलवाघाट चौकी रहेको छ । यहाँ जानको लागि टेण्डर हालेर जाने चलन नयाँ होइन । कहिले हवल्दार त कहिले असईले यहाँ जानका लागि टेण्डर हाल्ने गर्दछन् । अहिले यो चौकीमा असई रबि यादव प्रमुखको रूपमा कार्यरत छन् । त्यसैगरी सशस्त्र प्रहरी बलको त डिएसपी प्रमुख रहने प्रस्तावित गुल्म र बिओपी नै रहेका छन् । पिपरपाती स्थित प्रस्तावित गुल्ममा डिएसपी राजनलाल श्रेष्ठ प्रमुख छन् । यसबाहेक गोलागंजमा सशस्त्र प्रहरीको बिओपी नै रहेको छ । यो बिओपीको प्रमुखमा सशस्त्र प्रहरी निरीक्षक ईश्वर कार्की रहेका छन् । गुल्म र बिओपीको मातहत रहेको पथलवाघाटबाट यति ठूलो तस्करी धन्दा चलिरहेको बेला सशस्त्र प्रहरी मौन मात्रै होइन तस्करीलाई।संरक्षण गरिरहेको आरोप यहाँ लाग्दै आएको छ । गुल्मका डिएसपी राजनलाल श्रेष्ठले तस्कर तथा व्यापारीहरूलाई भेटघाट र आर्थिक संकलनका लागि सहायक हवल्दार गोबिन्द्र चौधरीलाई घुमुवाको रूपमा परिचालन गरिरहेका छन् । तिनै घुमुवा चौधरीले डिएसपी श्रेष्ठको आर्थिक कारोबार हेर्ने गरिरहेको यहाँ तस्करी गर्ने कारोबारीहरू नै बताउँछन् । गोलागंजका सशस्त्र प्रहरी निरीक्षक कार्कीले भने कारोबारीहरूलाई आंफै भेट्ने गरेको पनि व्यापारीहरू बताउँछन् । जबकि राज्यले सीमा सुरक्षा र चोरी तस्करीको नियन्त्रणको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएको छ। तर सीमामा खटिएका सशस्त्र प्रहरी भने तस्करहरूसंग मिलेर खुलेयाम तस्करी गराई रहेका छन् । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सीमामा खटिने गुल्म र बिओपीका प्रमुख तस्करसँग मिलेर तस्करी गराएको धेरै प्रमाणहरू भेटिएपछि एक बर्षे कार्यकाल घटाएर ६ महिने बनाएका छन् । तर पनि तस्करीमा सशस्त्र प्रहरीको संरक्षण घटेको होइन बढेको नै छ। 
पथलवाघाटबाट नेपाल तर्फबाट लागूऔषध गांजाको पनि ठूलो तस्करी भारत तर्फ हुदै आएको स्थानीय बताउँछन् । यस्तै मधेस प्रदेशको सर्लाही जिल्ला को गोरखकाली नाका तस्करहरूको लागि खुला गरिएको छ। सर्लाहीको मुख्य तस्करी हुने नाका मध्ये गोरखकाली प्रमुख हो । गोरखकाली स्थित प्रहरी चौकीमा जानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई टेण्डर हालेर जाने प्रचलन यहाँ धेरै बर्ष देखि चल्दै आएको छ । त्यसैले पनि टेण्डर हालेर गएपछि त्यही अनुसार उठाउन त पर्याे नै । उठाउनको लागि तस्करी गराउनु नै पर्याे । त्यही भएर पनि यो नाकाबाट अहिले व्यापक तस्करी भैरहेको छ ।
यस नाकाबाट मुख्य गरेर तस्करीको लाइन पाउनेहरूमा जयकिशोर यादव ( हार्डवेयर र बिद्धुतिय सामान ) , विजय साह ( सूर्ति , कपडा , बिद्धुतिय सामान ) , जयकिशोर यादव ( कपडा , स्याउ , मकै , धान ) , उमेश पटेल ( कपडा , स्याउ , मकै , कस्मेटिक ) , तीन बहिनी ( टेम्पोमा कपडा ) , उर्मिला ( किराना ) काली ( किराना ) प्रमुख छन् । यसबाहेक यस चौकी मातहत ९ वटा अबैध मदिरा भट्टीहरू समेत रहेका छन् । यी अबैध भट्टीहरूबाट उत्पादित मदिरा भारत तर्फ तस्करी हुदै आएको छ । अबैध भट्टी संचालन गर्न सहयोग गरेवापत एउटा भट्टीले जिल्लाका घुमुवा बाहेक स्थानीय प्रहरीलाई मासिक २५ हजारको दरले रकम दिने गरेको समेत भट्टी चलाउनेहरू खुलेयाम नै बताउँछन् । साथै यहाँका प्रतीक र साहारा नामका होटलमा भारतीयहरू मदिरा सेवनका लागि आउने गर्दछन् । बिहान देखि राति अबेर सम्म मात्रै होइन मध्य रात सम्म मात्रै नभएर कहिलेकाही त रातभर नै होटलमा भारतीय ग्राहकले मदिरा सेवन गरेर बसिरहेको देख्न सकिन्छ । त्यसरी छुट दिएवापत होटलले प्रहरीलाई महिनावारी राम्रो रकम दिने गरेको समेत होटलका कर्मचारीहरू बताउँछन् । यी होटल डिस्को क्लव जस्तो पनि अनुभूति हुन्छ कहिलेकाही त । 
अहिले यो गोरखकाली चौकीमा बरिष्ठ सई रामबालक यादव प्रमुख छन् । केही बर्ष पहिले सम्म हवल्दार बस्ने यो चौकीमा अहिले बरिष्ठ सई प्रमुख छन् । बरिष्ठ सई रामबालक यादवको दरबन्दी सर्लाही पनि होइन । उनको दरबन्दी धनुषाको ढल्के स्थित दंगा नियन्त्रण प्रहरी गण हो । यसभन्दा अगाडि बाराका राम्रो इप्रका र थाना चौकी बसिरहेका उनी बारामा धेरै बदनाम समेत भएका थिए । पर्सामा कार्यरत रहदा पनि उनी धेरै बदनाम र बिबादित भएका थिए । दंगाबाट थप मद्दतमा सर्लाहीको हरिवन आएका उनी त्यसपछि इप्रका हरकटवाको प्रमुख भए । त्याहां जाने बित्तिकै एक दिनमा ३५ हजार घुष खाएको काण्डमा जिल्ला प्रहरी कार्यालय तानिए । त्यसपछि उनी फेरि इप्रका गडैया डुमरिया गए । त्याहांको प्रहरी निरीक्षक अनिवार्य अवकाशमा गएपछि झण्डै ६ महिना उनी निमित्त प्रमुख पनि भए । त्यसपछि अर्को तस्करीको नाका भनेर चिनिने संग्रामपुर पनि उनी प्रमुख भए । यसपछि झण्डै ७ महिना जिल्लामा सुवेदार मेजर बनेका यादव गोरखकाली चौकी गएका हुन् । 
एकातर्फ उनले सई भए देखि कार्यरत भएको पोष्टिङ हेर्ने हो भने वारा , पर्सा देखि सर्लाही सम्मका राम्रो र अतिरिक्त कमाई हुने थाना चौकी र इप्रका छोडेका छैनन् भने अर्कोतिर उनको दरबन्दी दंगा गण हो । हेडक्वाटरले अहिले पनि दरबन्दीमा पठाउने भनेर देशभर परिपत्र गरेको छ। तर उनको रमाना अझै भएको छैन । किन ? नव जनप्रहारबाट
प्रकाशित मिति: २०२५-०५-३१ , समय : १७:१८:४८ , 10 months अगाडि