सप्तरीमा एउटा बालिकाको हत्याकाे घटना नसेलाउँदै अर्काे बालिकाकाे हत्याको प्रयास…

मिति: २०२५-०६-०२ , समय : २२:२८:४२ , दिपेन्द्र पासवान

तस्बिर : फाइल फाेटाे

दिपेन्द्र पासवान

कुशहा । सप्तरीको सुरुड्डा नगरपालिका वडा न. ७ हरिपुरमा १९ बर्षिया पुजा कुमारी रामको घरबाटै अपहरण पश्चात हत्या भएको घटना सेलाउन नपाउँदै सोही ठाउँकी एक जना बालिकालाई हत्याको प्रयास भएको छ ।
आज बिहान करिब ६ बजे घरबाट स्कुल जादै गरेको अबस्थामा महेन्द्र राजमार्ग संग जोडिएको सप्तरीको कुशहा– हरिपुर सडक खण्ड अन्तर्गत राजमार्ग देखि करिब ४ सय मीटर दक्षिण पर्ने शुली गेट नजिक सो घटना भएको पिडित बालिकाका हजरबुवा दुलिचन मण्डलले बताए । उनले यो एरियामा बारम्बार यस्ता घटना भईरहेको छ, जसको चपेटामा आज मेरी नातिनी पनि परिन् भन्दै दुखेसो पोखेको छ ।
बालिकालाई दुई जना नकाबधारीले पछाडीबाट एक्कासी समातेर बाटो छेउमै लडाएको र ब्लेडले घाँटीमा काट्न लाग्दा लछारपछार हुदा समान्य घाईते भएको उपचारमा रहेकी पिडित बालिकाले बताएकी छिन् । “बाटोमा पछाडीबाट मान्छे आईरहेको देखेर अपराधीहरु आफुलाई समान्य घाईते बनाएर घटनास्थल भन्दा दक्षिण पश्चिम तिरको झारी तिर भागेको हो,” पिडित बालिकाले बताईन ।
यत्ता, घटना लगतै गाउँकै बिद्यालय तिर जादै गरेको एक शिक्षकले बालिका बाटो छेउमा बेहोस अबस्थामा लडिरहेको देखे पछि उनलाई हतार हतार नजिकको अस्पताल पु¥याईएको प्रत्यक्षदर्शिहरुको भनाई रहेको छ । प्रत्यक्षदर्शिका अनुसार, “ आफुहरु घटनास्थल पुग्ने बितिकै पिडित बालिकालाई बोल्न कठिनाई भईरहेको र हातले दक्षिण पश्चिम तिर ईशारा मात्र गर्दै थियो, उनले भने “आफ्नो ड्युटीमा जादै गरेको आधारभुत बिद्यालय हरिपुरका प्र.अ.अरुणदेब साहले बालिकाको अबस्था देखेर आफ्नै मोटरसाईकलबाट कुशहा स्थित जिनिस अस्पताल प¥याई दिनुभयो”।
घटना भएलगतै स्पताल पुगेको ईलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरिक्षक गजेन्द्र रायका अनुसार बालिकाको अस्था समान्य रहेको र घटनाको बारेमा अनुसन्धान भईरहेको जनाईएको छ । यता रायले घटनाको प्रत्यक्षदर्शि तथा पिडित परिवारका सदस्यहरुसंग सोधपुछ गर्दैछौं तर यथार्य कुरो पतो लाग्न सकेको छैन् उनले बताए ।

प्रकाशित मिति: २०२५-०६-०२ , समय : २२:२८:४२ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित