सप्तरीमा मोटरसाइकल दुर्घटना हुदा एक युवकको मृत्यु , अर्का गम्भीर घाइते
मिति: २०२५-०६-०५ , समय : १४:३६:४३ , गामघर डेस्क
मिति: २०२५-०६-०५ , समय : १४:३६:४३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ६ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गतको करडवोना चौकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा न. २ का मोटरसाइकल चालक १९ वर्षीय सुजितकुमार चौधरीको मृत्यु भएको हो ।
यसैगरी सोही घटनामा गम्भीर घाइते भएका अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा न.२ का २१ वर्षीय अभिषेक चौधरीको उपचार भइरहेको छ । हात खुट्टामा गम्भीर चोट लागेको अभिषेकको सिराहास्थित धामनी अस्पतालमा उपचारपछि थप उपचारका लागि धरान लगिएको उहाँका आफन्तले बताएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा. ८७ प. ९९७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता दुर्घटनामा गम्भीर घाइते दुबै जनालाई सिराहास्थित धमनी अस्पताल पठाइएकोमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरतर्फ लग्दै गर्दा बाटैमा सुजितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक एसपि ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
सुजितलाई थप उपचारका राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइपनि चिकित्सकले बुधबार राति करिब ११ बजे मृत घोषणा गरेका थिए ।
यस्तै मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय करोडवोनाको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता साे घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०६-०५ , समय : १४:३६:४३ , 2 weeks अगाडि