सप्तरीमा डाँका समूहकाे आक्रमणबाट एकको हत्या, एक जना गम्भीर घाइते
मिति: २०२५-०६-०६ , समय : ०८:१७:५१ , गामघर डेस्क
मिति: २०२५-०६-०६ , समय : ०८:१७:५१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीमा डाँका समुहको आक्रमणबाट एक जनाको हत्या भएको छ । सप्तरीको सुरूङा नगरपालिका वडा न.८ का ५६ वर्षीय कन्तलाल चौधरीको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राति १ बजेको समयमा ५/७ जनाको संख्यामा आएका डाँकाहरूको समूहले चौधरीको घरमा प्रवेश गरी लुटपाट गरेका थिए ।
साेहि क्रममा प्रतिकार गर्दा डाकाहरुले धारिलो हतियार र गोली प्रहार गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै उनका भाई रमाकान्त चौधरीले बाहिर निस्केर होहल्ला गर्दा शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गर्दा उनी गम्भीर घाइते भएका छन् ।
यता साे घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०६-०६ , समय : ०८:१७:५१ , 2 weeks अगाडि