प्रेस मंच नेपाल सप्तरीकाे नव कार्य समितिलाई सपथ ग्रहण

पत्रकार दुर्घटना बिमालाई थप विस्तार गर्नुपर्नेमा जाेड

मिति: २०२५-०६-०६ , समय : २२:०८:१६ , गामघर डेस्क

तस्बिर : बिन्दु कुमार यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
प्रेस मंच नेपाल सप्तरीको नव कार्यसमितिकाे सपथ ग्रहण कार्यक्रम एक कार्यक्रम विच शुक्रवार यहाँ सम्पन्न गरिएको छ। मंचका जिल्ला अध्यक्ष धर्मपाल राउतको अध्यक्षता तथा जसपा नेपालका प्रचार प्रसार प्रमुख तथा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष शम्भु झाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी वक्ताहरुले यति बेला संचार माध्यम मारमा पर्दै आएकोले यस तर्फ राज्य मौन रहेको गुनासो गरेका छन। उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष विनय कुमार लाल कर्णले क्यामरा र व्याग झुण्डाएर पत्रकार बन्न नसक्ने बताउदै भोलीको दिनमा वृद्ध भएपछि लेखन शक्ति राम्रो भएपछि त्यो पत्रकारको लेखन सिपले केहि आर्जन गर्न सक्ने तर्क दिएका थिए । सोही कार्यक्रममा प्रेस सेन्टर नेपालका सप्तरी जिल्ला अध्यक्ष विन्दु कुमार यादवले चैत्र १५ गते काठमाण्डौको तिनकुनेमा भएको आन्दोलनमा हत्या भएका सुरेश रजकको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन । पत्रकारको हत्या, आक्रमण, भौतिक तथा पेशागत असुरक्षा, प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि भएकोमा चिन्ता व्यक्त गरे ।
अध्यक्ष यादबले भन्ने – विगत केहि दिन यता देशभरीको संचारमाध्यम र पत्रकारहरु मारमा परेकोले यस तर्फ राज्य मौन रहेकोमा आक्रोश समेत व्यक्त गरे । त्यसैगरी आयोजित कार्यक्रममा आम संचार प्राधिकरणका सदस्य नविन गुप्ताले पत्रकार दुर्घटना बिमालाई थप विस्तार गर्ने तर्फ लागि परेको बताए । आम संचार प्राधिकरणबाट दिदै आएको लोक कल्याणकारी विज्ञापन यस तर्फ न्युन बजेट आएको जानकारी दिदै अगामी दिनमा विज्ञापन वृद्धि गर्ने सवालमा मधेस सरकारको प्रवक्ता एवम् गृह,सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीे सकारात्मक रहेको बताए । सोही कार्यक्रममा प्रेस मंचका केन्द्रिय उप महासचिव वैद्यनाथ यादवले मंचका नव कार्य समितीका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउदै पत्रकारमाथि आक्रमण बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथी झाले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र हस्तान्तरण गर्दै नेतृत्वमा सैद्धान्तिक विचलन आएर बाटो बिराएर उसको प्रतिष्ठामा कहिल्यै सुधार आउन नसक्ने बताए । केही पत्रकारहरुले आफनो स्वार्थमा केन्द्रित रहेकोमा चिन्ता व्यक्त गर्दै उनले त्यस्ता पत्रकारमाथि विश्वास गर्न नसक्ने बताए । आफूले विगतमा रेडियो नेपाल , गोरखापत्र लगायतका संचारमाध्यममा काम गरेको बताउदै कहिले पछि रकमको पछि नगएको बताए ।
उक्त कार्यक्रममा प्रेस मञ्च नेपालका नवनिर्वाचित अध्यक्ष धर्मपाल राउतले पत्रकारको हकहितका लागि दृढताको साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। प्रेस मञ्च नेपाल सप्तरीका निबर्तमान उपाध्यक्ष जितेन्द्र कुमार झा, केन्द्रीय सदस्य बृजमान तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस मञ्च नेपाल सप्तरीका सचिव प्रवेश कुमार मिश्रद्वारा संचालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रुपेश कुमार यादवले गरेका थिए ।

प्रकाशित मिति: २०२५-०६-०६ , समय : २२:०८:१६ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित