सप्तरीमा एक महिला घरबाटै लुटिइन
मिति: २०२५-०६-०८ , समय : २०:२५:३७ , गामघर डेस्क
मिति: २०२५-०६-०८ , समय : २०:२५:३७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
केही दिन यता सप्तरीमा चौरी,लुटपाटका धटनामा बृद्घि भएको छ । यसै क्रममा जिल्लाको रुपनी गाउँपालिका वडा न.६ तेरहौताकी कौशला देवी चौधरी घरबाटै लुटिएकी छिन् । तेरहौता स्थित आफ्नै घरमा सुतीरहेकी चौधरी आइतबार करिव विहान १ बजेको समयमा लुटिएकी हुन् ।
गर्मीका कारण घरबाहिर सुतिरहेको बेला नाक र कानमा लगाएको गरगहना थुतेर लुटीएको चौधरीले बताइन् । उहाँका अनुसार नाकको सुनको फुली र कानमा लगाएको सुनको रिङ्ग गरि २ तोलाभन्दाबढी गरगहना लुटेरा समुहले लुटेर लगेका बताइन ।
श्रीमान र छोरा मजदुरीको लागि बाहिर रहेको र आफू र बुहारीमात्र घरमा रहेको मौका छोपी लुटेरा समुहले लुटपाट गरेको उहाँले बताइन् । आफ्नो कान र नाकको गहना लुछेपछि घरको लाला खोल्न थालेपछि हल्ला गर्दा लुटेरा समुह भागेको कौशल देवीले बताइन् ।
इलाका प्रहरी कार्यालय रुपनीका इन्चार्ज प्रहरी नायव निरीक्षक पम्बर यादवले गरगहना लुटिएको बताउँदै लुटेरा समुहको खोजतलास तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताउनु भयो । हालै सप्तरीकै सुरुङ्गा नगरपालिका वडा न. ८ मल्हनमामा लुटेरा समुहको आक्रमनबाट एक जनाको गोली हाने हत्या गरेका छन भने एक जना धाइते भएका थिए ।
प्रकाशित मिति: २०२५-०६-०८ , समय : २०:२५:३७ , 2 months अगाडि