सप्तरीमा डकैतीपछि गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ
मिति: २०२५-०६-१० , समय : १७:५८:३१ , गामघर डेस्क
मिति: २०२५-०६-१० , समय : १७:५८:३१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको सुरुङा नगरपालिका वडा न.८ मलहनवामा बिहीबार राति भएको डकैती र गोली प्रहारबाट ५६ वर्षीय कान्तलाल चौधरीको हत्या भएको घटनामा संलग्न आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दुवै जना छिमेकी गाउँका हुन्। एक जनालाई घट्नाको राति र अर्कोलाई शनिबार पक्राउ गरिएको हो।
पक्राउ परेकाहरुको परिचय गोप्य राखिएको छ भने उनीहरूमाथि सोधपुछ र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटनामा चौधरीका भाइ रमाकान्त चौधरी घाइते भएका छन्।
करिब ५–६ जनाको समूहमा आएका डाकाहरुले घरबाट झन्डै ५ तोला सुन, २ किलो चाँदी र ५०–६० हजार रुपैयाँ नगद लुटेका थिए। प्रहरीले घटनास्थलबाट गोलीको खोका र तीनवटा गोली बरामद गरेको छ। अनुसन्धानमा सहयोग गर्न जनकपुरबाट तालिमप्राप्त कुकुर मगाइएको थियो।
प्रकाशित मिति: २०२५-०६-१० , समय : १७:५८:३१ , 1 week अगाडि