भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना : २ सय ४२ जना सवार

मिति: २०२५-०६-१२ , समय : १५:१२:४५ , गामघर डेस्क

तस्वीर : एजेन्सिबाट

गामघर डेस्क

काठमाडौं ।
भारतको गुजरातमा रहेको अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । २ सय ४२ जना बाेकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेकाे एअर इन्डियाको विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ ।

उडान भरेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको र उद्धार टोली घटनास्थलमा पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यममा सार्वजनिक भिडियो अनुसार दुर्घटनास्थलमा धूवाँको मुस्लो देखिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ । एजेन्सी

प्रकाशित मिति: २०२५-०६-१२ , समय : १५:१२:४५ , 5 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित