विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीकाे आन्दोलनका कारण सप्तरीको हनुमाननगरमा सुनचाँदी पसल बन्द
मिति: २०२५-०६-१२ , समय : २२:५७:४५ , रबि शर्मा
मिति: २०२५-०६-१२ , समय : २२:५७:४५ , रबि शर्मा
रबि शर्मा
हनुमाननगर ।
सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजीको माग गर्दै सप्तरी जिल्लाका सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत व्यवसायीहरुले सरकारसमक्ष कर खारेजीको माग दोहोर्याएका हुन्।
सुनचाँदी उधाेग व्यवसायी संघ राजविराजको नेतृत्वमा भएको पत्रकार सम्मेलनमा सुनचाँदी व्यवसायीहरुले २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, १३ प्रतिशत भ्याट घटाएर ६ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदी कारोबारका लागि स्पष्ट तथा व्यवस्थित नीति-नियमावली निर्माण गर्नुपर्ने माग राखेका छन्।
यस आन्दोलनमा सप्तरीका विभिन्न क्षेत्रका व्यवसायीहरुसँगै हनुमाननगर बजारका व्यवसायीहरु पनि सक्रिय रुपमा उत्रिएका छन्। हनुमाननगर बजार आन्दोलनको केन्द्र बन्दै गएको छ। यहाँका सम्पूर्ण सुनचाँदी पसलहरु बन्द गरिएको छ। स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाइसकेका व्यवसायीहरुले चाँडै माग सम्बोधन नभए संघर्ष अझै चर्काउने चेतावनी दिएका छन्।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको समर्थन रहेको यो आन्दोलनअन्तर्गत जिल्लाका सबै प्रमुख बजार क्षेत्र—हनुमाननगर, राजविराज लगायतका ठाउँका सुनचाँदी पसलहरु बन्द गरिएका छन्। यता आन्दोलनका कार्यक्रम अनुसार शुक्रबार विरोध ¥याली तथा प्रदर्शन गरिने तयारी व्यवसायीहरुले गरेका छन्।
व्यवसायीहरुले सरकारले कर नहटाएसम्म आन्दोलन जारी राख्ने अडान दोहोर्याएका छन्।
प्रकाशित मिति: २०२५-०६-१२ , समय : २२:५७:४५ , 5 days अगाडि