सप्तरीकाे अर्नाहा चोकमा कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु
मिति: २०२५-०६-१३ , समय : ११:३५:११ , गामघर डेस्क
मिति: २०२५-०६-१३ , समय : ११:३५:११ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.१२ अर्नाहा चोकमा शुक्रबार बिहान कन्टेनरले किच्दा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको सदरमुकाम राजविराजतर्फ आउँदै गरेको ना ३ ख ४५३१ नम्बरको कन्टेनरले स ६ प २२१ नम्बरको मोटरसाइकल चालकलाई किचेको हो । मोटरसाइकल चालकको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाका अनुसार पहिचान खुल्न नसकेका मोटरसाइकल चालकले सडक क्रस गरिरहँदा कन्टेनरले ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने कन्टेनरमुनि रहेको शव निकालिएकाे छ । अनियन्त्रित भएको कन्टेनरले सडक छेउको घुम्तीमा पनि ठक्कर दिँदा क्षति पुर्याएको छ । कन्टेनर पनि चल्ने अवस्थामा नरहेकोले कन्टेनर उठाउन क्रेन ल्याउने समन्वयन भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
यता कन्टेनर चालक काभ्रेको पाँचखाल नगरपालिका–६ का ५६ वर्षीय गोपालनाथ राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०६-१३ , समय : ११:३५:११ , 5 days अगाडि