नेपाल–भारत सुरक्षा अधिकारीको बैठक : मदिराजन्य पदार्थको तस्करी नियन्त्रण गर्ने सहमति

मिति: २०२५-०६-१४ , समय : १०:१२:१६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको नियमित बैठक शुक्रबार साँझ सर्लाहीको हरिवनमा सम्पन्न भएको छ। दुईपक्षीय बैठकमा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउने सहमति भएको हो।
सर्लाहीका सिडियो तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको थियो । दुईपक्षीय बैठकमा सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप, लागुऔषध, अवैध हातहतियार कारोबार, तथा मदिराजन्य पदार्थको तस्करी नियन्त्रण गर्ने सहमति भएको बैठकमा सहभागी रौतहटका सिडियो विनोद कुमार खडकाले जानकारी दिए। एक देशमा अपराध गरी अर्को तर्फ लुकेर बसेका अपराधीलाई पक्राउ गर्न सूचनाको आदानप्रदान संगै प्रत्यक्ष सहयोग गर्ने सहमति पनि भएको छ ।त्यसैगरी विदेशी घुसपैठमाथि पूर्ण निगरानी, दशगजादेखि सीमा क्षेत्रको सुरक्षामाथि बैठकले विशेष जोड दिइएको छ।
वर्षायाममा रौतहट स्थित बागमती र लालबकैया नदीमा पानीको सतह बढेपछि गौर लाई डुबान बाट जोगाउन भारत बैरगनिया स्थित नदीको साईफन (ढोका) खोल्ने सहमति भएको सिडियो खड्काले जानकारी दिए। दुईपक्षीय बैठकमा सर्लाही, महोत्तरी , रौतहट तथा भारत (विहार)को सितामढी जिल्लाका सुरक्षा अधिकारीको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: २०२५-०६-१४ , समय : १०:१२:१६ , 4 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित