किशोर–किशोरीहरूमा डिजिटल सजगता र आत्मबल वृद्धि गर्न अभिमुखीकरण कार्यक्रम
मिति: २०२५-०६-१४ , समय : १४:२१:४९ , रबि शर्मा
मिति: २०२५-०६-१४ , समय : १४:२१:४९ , रबि शर्मा
रबि शर्मा
हनुमाननगर ।
सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिकाका किशोर–किशोरीहरूलाई डिजिटल सुरक्षाका उपाय र मानसिक स्वास्थ्यका आधारभूत पक्षबारे जागरुक गराउने उद्देश्यले १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक संरक्षण केन्द्र, हनुमाननगर कंकालिनी नगरपालिकाको आयोजनामा महावीर माध्यमिक विद्यालय, हनुमाननगर कंकालिनी नगरपालिका–९ सप्तरीमा सम्पन्न उक्त कार्यक्रममा साइबर क्राइम, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, डिजिटल व्यवहार, मानसिक स्वास्थ्य जस्ता अति महत्वपूर्ण विषयहरूबारे जानकारी प्रदान गरियो।
उक्त कार्यक्रममा संचारकर्मी कमल मण्डल, NGO फेडेरेसन मधेश प्रदेशकी सह–इन्चार्ज रूबी मिश्र, प्रशिक्षक पिन्की कुमारी शर्मा, स्थानीय पत्रकार रबि शर्मा, वडा नं. ९ का अध्यक्ष हरिशचन्द्र वर्मा, वडा नं. ९ का सचिव राजेश्वर यादव तथा सहयोगी अजय खंगको उपस्थिति रहेको थियोे। कार्यक्रमको समन्वयमा आयोजक संस्थाका अध्यक्ष राजेन्द्र मिश्र (पप्पु) स्वयं सक्रिय भएर सहभागी बनेका थिए।
विद्यालयका करिब ४० जना छात्र–छात्राहरूले कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए। उनीहरूले साइबर अपराधबाट कसरी जोगिने, आत्मसुरक्षा गर्ने तरिका र मानसिक स्वास्थ्यलाई कसरी मजबुत बनाउने भन्ने कुरामा महत्वपूर्ण ज्ञान आर्जन गरेका थिए।
कार्यक्रममा सहभागीहरूको सक्रियता, जिज्ञासा र सकारात्मक प्रतिक्रिया कार्यक्रमको मुख्य विशेषता रह्यो।
आयोजक संस्थाका अनुसार यस्ता कार्यक्रमले किशोर–किशोरीहरूमा सही सोच, आत्मविश्वास, सजगता र आत्मरक्षा क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछन्। सहभागीहरूले पनि यस्तो ज्ञानमूलक कार्यक्रम नियमितरूपमा आयोजना हुनुपर्ने इच्छा व्यक्त गरेका थिए।
सामुदायिक संरक्षण केन्द्रले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र ब्यापक बनाउने प्रतिवद्धता जनाएको छ।
प्रकाशित मिति: २०२५-०६-१४ , समय : १४:२१:४९ , 3 days अगाडि