भारतको उत्तराखण्ड केदारनाथ धाममा हेलिकप्टर दुर्घटना : पाइलटसहित छ जना सवार

मिति: २०२५-०६-१५ , समय : १०:०२:०३ , गामघर डेस्क

तस्वीर : एजेन्सिबाट

गामघर डेस्क

काठमाडौं ।
भारतको उत्तराखण्ड केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटना भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्रु रहेको हेलिकोप्टर बिहान साढे ५ बजे सम्पर्कविहिन भएको थियो ।

हेलिकप्टरका पाइलटसहित एक जना बच्चा र चार यात्रु गरी छ जना रहेको प्रारम्भिक विवरण छ । उनीहरुको ज्यान गएको भनिए पनि थप विवरणसहित पुष्टि हुन बाँकी छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थल गौरीकुण्डमा खोज तथा उद्धार टोली परिचालन गरिएको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मौसम खराब हुँदा हेलिकप्टर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

यसअघि गएको बिहीबार भारतको अहमदावाद शहरको आवासीय क्षेत्रमा लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान दुर्घटना भएको थियो । विमानमा चालक दलका सदस्यसहित दुई सय ४१ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: २०२५-०६-१५ , समय : १०:०२:०३ , 3 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित