मधेस प्रदेश : वेश्यावृत्ति गरेको आरोपमा दुई महिलासहित पाँचजना पक्राउ
मिति: २०२५-०६-१७ , समय : १२:१८:१७ , गामघर डेस्क
मिति: २०२५-०६-१७ , समय : १२:१८:१७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
वेश्यावृत्ति गरेको आरोपमा मधेस प्रदेशको महोत्तरीकाे बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्राउ परेका छन् । बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित स्नेहा होटलबाट सोमबार इलाका प्रहरी कार्यालय बर्दिबासको टोलिले छाप मार्दा अवाञ्छित गतिविधिमा संलग्न पाइएपछि पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा होटल सञ्चालक रामबहादुर तामाङ, भारतको सीतामढी मजफ्फरपुर–१० का २५ वर्षीय राकेश बैठा, मजफ्फरपुर–४ का ३६ वर्षीय जयकरण बैठा छन् । यस्तै महोत्तरी रामगोपालपुर–८ की ३० वर्षीया र सिरहा लहानकी ३० वर्षीया महिला रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए ।
सो होटलहरूमा विगतदेखि लागुऔषध कारोबार, चोरी योजना तथा यौनजन्य अपराधका गतिविधिहरू भइरहेकाले प्रहरीले निगरानी बढाएको हो ।
प्रकाशित मिति: २०२५-०६-१७ , समय : १२:१८:१७ , 11 hours अगाडि