मधेस प्रदेश : प्रहरीको संरक्षणमा खुलेआम जूवा अखडा सन्चालनमा

मिति: २०२५-०६-२२ , समय : ०७:४५:३४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । प्रहरीको संरक्षण भए पछि धेरै अपराध नियन्त्रण हुदैन । अपराधीहरूको आत्मबल बढ्छ र झन् गैरकानुनी तथा अपराधजन्य कार्य गर्न उनीहरूलाई प्रोत्साहन मिल्छ । यो यथार्थ हो । साच्चै प्रहरीले आफ्नो उद्देश्य र जिम्मेवारी पूरा गर्ने हो भने अपराधी पक्राउ , अपराध नियन्त्रण देखि शान्ति सुरक्षाको प्रत्याभूति हुने कुरामा बिबाद छैन । जब प्रहरी नै तस्करी गराउने , जुवा अखडा संचालन गराउने देखि बेश्यावृत्ति गराउनेबाट रकम असुली गर्न थाल्छ । त्यसपछि अपराध नियन्त्रण होइन् झन् बढ्दै जान्छ ।
बाराको पथलैयामा धेरै महिना अगाडि देखि एउटा ठूलो जुवा अखडा संचालनमा छ । उक्त जुवा अखडामा हेटौंडा , बिरगंज , निजगढ देखि चन्द्रनिगाहपुर सम्मबाट जुवाडेहरू भेला भई जुवा खेल्ने गर्दछन् । सुरेश लामा नाम गरेका एक व्यक्तिले आफ्नै घरमा यसरी जुवा खेलाउन थालेको धेरै लामो समय भैसकेको छ । सिमरा स्थित इलाका प्रहरी कार्यालयको डिएसपी र उनले परिचालन गरेका घुमुवाहरूलाई मिलाएर लामाले जुवा अखडा संचालन गर्दै आइरहेका छन् । त्यही जुवा अखडामा जुवा खेल्न जाने निजगढका एक जुवाडेले जानकारी दिए अनुसार प्रहरीलाई हप्ताको ५० हजार रूपैयाँ दिने गरि उक्त जुवा अखडा संचालन भैरहेको छ । यो जुवा अखडाबाट रकम बुझ्ने काम सिमरा इलाका प्रहरी कार्यालयका घुमुवाले गर्दै आएका थिए । सिमरा इलाका प्रहरीको घुमुवाको रूपमा हवल्दार बलिराम गिरी खटिएका थिए । उनी धेरै लामो समयदेखि बारामा घुमुवाको रूपमा थिए । धेरै लामो समय त उनी सिम्रौनगढको घुमुवा समेत थिए । बर्षाै अघिदेखि धेरै बिबादमा तानिएका बदनाम यस्ता घुमुवालाई प्रहरी संगठनले हेडक्वाटर तान्ने , छानबिन गर्ने , दोषी देखिएपछि कारबाही गर्ने गरेको भए सायद घुमुवाहरूको असुली आतंकले प्रहरी संगठन बदनाम पनि हुने थिएन । तर घुमुवा परिचालन गरेर रकम उठाउन पल्केका खासगरी तराईमा कार्यरत प्रहरीका हाकिमले उनीहरूलाई नै संरक्षण गरि नै रहे ।
अहिले हवल्दार बलिराम गिरी प्रहरी मुख्यालयको उजुरी छानबिनका लागि तानिएका छन् । उनले प्रयोग गर्ने मोवाइल देखि अन्य सबै पक्षसँग छानबिन गर्ने काम भैरहेको थाहा भएको छ । यसअघि सिमरा प्रहरीको प्रमुख बनेकी ले पनि आर्थिक संकलनको लागि यिनै गिरीलाई घुमुवाको रूपमा परिचालन गरेकी थिइन ।
सुरेश लामाको जुवा अखडाको बारेमा बाराका एसपी सन्तोष तामाङ र मधेस प्रदेशका डिआइजी उमा चतुर्वेदीलाई जानकारी गराउदा अब तत्कालै बन्द हुन्छ भनेको आज महिना दिन भन्दा बढी बिते पनि जुवा अखडा बन्द हुनु त परै जावोस् । झन् ठूलो संख्यामा , व्यापक रूपमा चलिरहेको छ । नव जनप्रहारबाट

प्रकाशित मिति: २०२५-०६-२२ , समय : ०७:४५:३४ , 8 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित