मिथिलान्चलका प्रसिद्ध कलाकार कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत फेला
मिति: २०२५-०६-२४ , समय : ०७:४८:५९ , गामघर डेस्क
मिति: २०२५-०६-२४ , समय : ०७:४८:५९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मिथिलान्चलका प्रसिद्ध कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।
गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झाले गृह प्रवेश पनि गरेका थिए । पूजाआजा गर्दै गृह प्रवेश गरेका दुवै जोडी समाजिक सँजालमा खुसी देखिएका थिए । अचानक सोमबार राती अँसा सदा नोचापुरस्थित मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, यो घटना सोमबार रातीकै रहेको पुष्टि गरेको छ । अँसा सदाको माईती पक्ष नआएको कारणले अगाडीको प्रक्रिया गर्न नसेकेको प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए ।
मधेस प्रदेशकाे धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकैको नोचपुरस्थित सुटिँग स्थलमा भीड भएको छ । अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा यसकारे स्पष्ट वक्तत्व दिन सक्ने अवस्थामा देखिएनन् ।
अहिले प्रहरीको टोली सो स्थानलाई नियन्त्रणमा लिएर मुचुल्का प्रक्रिया अगाडी बढाएको छ । माईती पक्ष आएपछि पोष्टमार्टमको प्रक्रिया अगाडी बढने जनाइएको छ । जानकारी अनुसार उनी आत्महत्या गरेकी हुन् । यद्यपी, प्रहरीले यसलाई बिना पोष्टमार्टमको पुष्टि नगर्ने बताएको छ । यसबारे अनुसन्धान तीव्र बनाईएको छ ।
प्रकाशित मिति: २०२५-०६-२४ , समय : ०७:४८:५९ , 12 hours अगाडि