सप्तरीमा हत्या गरिएका राज कुमार खंगकाे हत्या गर्ने एक यूवती सुनसरीबाट पक्राउ

मिति: २०२५-०६-२८ , समय : ०८:५३:२६ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.८ का ३२ बर्षिय राज कुमार खंगको घाँटी रेटी हत्या गरेको आरोपमा एकजना पक्राउ परेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.९ का बर्ष २१ की तुलसीदेवी सरदारलाई बिहिवार राती प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई सुनसरी इनरुवा नगरपालिका ९ स्थित बबियाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याइएको प्रहरीले जनाएको छ । सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसंग आवश्यक समन्वय पश्चात् राती १० बजे नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
सरदारको साथबाट मृतकले प्रयोग गर्ने गरेको मोबाइल सेट, घटनामा प्रयोग भएको चक्कु फेला परेको उनले जानकारी दिए । अभियुक्तलाई कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको डिएसपी बस्नेतले बताए ।
सप्तरीको राजगढ गाउँपालिका वडा न. ४ पिपरामा बिहीवार घाँटी रेटिएको अवस्थामा खंगको शव फेला परेको थियो ।
स्थानीयले बिहान ८ बजे शव देखेपछि प्रहरीलाई जानकारी हुनसाथ जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अनुसन्धान टोली खटी शवको पहिचान गरेको डिएसपी बस्नेतले बताए ।
घटना स्थलमा प्रहरी टोली पुगी प्रारम्भिक अनुसन्धान गर्दा मृतक खंगको पहिचान गरी घटना स्थलमा मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली खटी अनुसन्धान कार्यलाई तिब्रता दिएका थिए ।

प्रकाशित मिति: २०२५-०६-२८ , समय : ०८:५३:२६ , 11 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित