सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना हुदा एक जनाको मृत्युु
मिति: २०२५-०६-३० , समय : ०८:४४:२२ , गामघर डेस्क
मिति: २०२५-०६-३० , समय : ०८:४४:२२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँएर सडकमा लडेका एक मोटरसाइकल चालकको ट्रकले किच्दा मृत्यु भएको छ ।
सप्तरीको खडक नगरपालिका वडा न. ७ स्थित पूर्व पश्चिम राजमार्गअन्तर्गतको विसनपुर चौक नजिकै आइतबार दुर्घटनामा सोही पालिकाको वडा नम्बर ९ घर भएका ४५ वर्षीय दिपेन्द्र विश्कर्माको ट्रकले किन्दा मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विश्वकर्मा चढेको प्रदेश १–०५–००१ प १५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स २ प १९८५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएको थियो ।
सोही क्रममा मोटरसाइकल अनियन्त्रित भई सडकमा लडेका विश्वकर्मालाई विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००१ ख ३६३ नम्बरको ट्रकले किच्दा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
ट्रक चालक हेटौँडा उपमाहानगरपालिका १५ का २९ वर्षीय राम कुमार श्रेष्ठ तथा अर्का मोटरसाइकल चालक खडक नगरपालिका ७ का ३८ वर्षीय भुपेन्द्र साहलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । गोरखापत्र अनलाइन
प्रकाशित मिति: २०२५-०६-३० , समय : ०८:४४:२२ , 11 hours अगाडि