विचित्रको संसार : सप्तरीमा उपचार गराउन गएकी महिलालाई स्वास्थ्यकर्मीद्वारा जवर्जस्तीकरणी ,जवर्जस्तीकरणी गर्ने पक्राउ

मिति: २०२५-०७-०२ , समय : १७:१२:११ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजबिराज । सप्तरीमा उपचार गराउन गएकी एक महिलासँग जवर्जस्तीकरणी गरेको आराेपमा प्रहरीले एक जना स्वास्थ्यकर्मीलाइ पक्राउ गरेको छ।

सप्तरीको खडक नगरपालिका वडा न. ८ स्थित कल्याणपुर बजारमा सन्चालित एडभान्स अस्पतालमा कार्यरत ल्याब एसिस्टेन्ट श्याम कुमार मण्डलले उपचार गराउन आएकि महिलालाई जवर्जस्तीकरणी गरेको भन्दै पक्राउ गरिएको हाे ।

महिलाले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गत शुक्रबार राती करिब ११ बजेतिर सप्तरीको खडक नगरपालिका वडा न. ८ बिसनपुरकी अंदाजी २१ बर्षिय महिलालाई मृगौलामा भएको पत्थरीका कारण पिसाव अडकेर पेट दुखे पछि एम्बुलेन्सबाट अस्पताल ल्याइएको थियोे । अस्पताल जाने बितिकै ल्याब असिस्टेन्ट मण्डलले भिडियो एक्सरेमा लगी जथाभाबी रुपमा गोप्य अंगहरुमा हात हाल्ने काम गर्न थालेको महिलाको भनाई छ ।

मण्डलले अर्को काेठामा लगी पाईप लगाएर पिसाब निकालेकाे एकछिन पुनः आफू माथी जबरजस्ती गर्न थालेको उनको भनाई छ ।

महिलाका अनुसार बेडमा सुतिरहेको बेला मण्डलले ओठमा दाँतले टोक्न थालेका थिए ।

महिलासँगै गएका उनका परिवारलाई यस्तो बताएपछि तत्काल राति भएकाले बिहान ईलाका प्रहरी कार्यालय कल्याणपुरमा गएर जाहेरी दिएको पिडित महिलाका पतिले सन्चारकर्मिहरुलाइ जानकारी दिए ।

यता घटनाका आरोपित ब्यक्ति मण्डललाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले सोही बेला पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाईसकेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पछिल्लोपटक सप्तरी सहित मधेस प्रदेशका जिल्लाहरुमा आफ्नो नातागाेताबाट बलात्कारका घटनाक्रम बढदै गरेको प्रति सराेकारबालाहरुले चिन्ता ब्यक्त गरेका छन ।

प्रकाशित मिति: २०२५-०७-०२ , समय : १७:१२:११ , 20 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित